सोमबार ०४ चैत, २०८१

नेपाली समय

गौर नगरपालिकाले विकासको फड्को मार्दै

गौर नगरपालिकाले विकासको फड्को मार्दै

रौतहट, २६ माघ । जिल्लाको सबभन्दा पुरानो एवं जेठो पालिकाको रूपमा रहेको गौर नगरपालिकामा सर्वाङ्गीण विकासको प्रत्यक्ष रूपमा नगरवासी लाभान्वित भएको देखिएको छ  । नगरपालिकाको निर्वाचन २०७९ मा निर्वाचित पश्चात् नेकपा एसका नेता एवं मेयर शम्भु साहले प्रतिबद्धता गरेअनुसारको विकास कार्यमा निरन्तर लागेको अनुभूति महसुस नगरवासीले गरिरहेका दाबी गरिएको छ । 

मेयर साहले आफ्नो कार्यकाल तीन वर्षमा प्रवेश गरिसकेपछि ६० प्रतिशत भन्दा माथिको कामहरू सम्पन्न तथा सञ्चालनमा आएको बताए। नगरपालिकामा मठमन्दिर, रोड, नाला, कृषि सडक, आरसीसी एवं पिसीसी सडक ढलान, विद्यालय भवन, जेष्ठ नागरिक सम्मान, डिजिटल कक्षा सञ्चालन, अनलाइन कक्षा, छात्रछात्रालाई झोला वितरण, क्रान्तिद्वार प्रवेशमा गमला सहितको सौन्दर्यकरण, शिवालय पोखरी सौन्दर्यकरण, बरहवा घाटको सौन्दर्यकरण, बरहवा झोलुङ्गे पुल निर्माण कार्य नगरप्रमुख साहको निर्देशनमा सुसम्पन्न भइसकेको छ ।

साथै नगरपालिकामा ठूलो योजनाको रूपमा पंडित मंगल उपाध्याय बहुमुखी क्याम्पस गौर-२, बानेश्वर नाथ झोलुङ्गे पुल गौर २, घणटघर गौर-५,टाउन हल गौर-२, कोल्ड स्टोर गौर-२, विवाह भवन गौर -४,विवाह भवन गौर-२, विवाह भवन गौर-८, नगर प्रवेश द्वार गौर-७, पशुसेवा केन्द्र अस्पताल गौर-१,बानेश्वर नाथ मन्दिर महादेवपट्टी पुरातात्त्विक स्थल प्रमाणित गौर-२ लगायत अरु ठूलो योजनाहरु ल्याउने प्रयास जारी रहेको शाहको दाबी छ।