रौतहट, २५ माघ । विद्यालयमा १२ वर्षदेखि अर्थात् २०६५ सालदेखि जिल्लाका एक नमुना विद्यालयको व्यवस्थापन समिति रहेको छैन । जिल्लाको क्षेत्र नं. २ राजपुर ना.पा. ५ अन्तर्गत जनता मा.वि राजपुर फरहदवमा लामो समयदेखि व्यवस्थापन समिति गठन हुनसकेको छैन ।
गत १३ गते आइतबार विद्यालय प्रशासनद्वारा बिलाईएको सर्वदलीय अभिभावक भेलामा गठन हुन नसकेपछि अर्को सूचना नआउन्जेल सम्म स्थगित गरिएको थियो ।सो वडाका वडा अध्यक्ष र प्रधानाध्यापकको निर्देशनमा अभिभावकहरूको स्वर्वसहमति नभएपछि व्यवस्थापन समिति गठन प्रकृया ओझेलमा पर्दै आएको छ । आधा दर्जन वडाका विद्यार्थीहरू पढ्ने सो विद्यालयमा गुणस्तरीय शिक्षाका लागि वडा कार्यालय ५ लाख विनियोजन गरेको थियो।
स्मरणहोस् सोही क्षेत्रका सांसद त्यही वडामा बसेर सिन्को नभाचेर विद्यालय प्रति सार्वजनिक भएको अभिभावकले अवस्था कस्तो होला अनुमान लगाउन सकिन्छ ।