मंगलबार ०८ माघ, २०८१

नेपाली समय

देवाही गोनाही-२ बाँधको खोल्सिमा डुबेर दुई जना नाबालकको मृत्यु

देवाही गोनाही-२ बाँधको खोल्सिमा डुबेर दुई जना नाबालकको मृत्यु

रौतहट, २४ मङ्सिर । रौतहटको देवाही गोनाही नपा -२ को बाँधको खोल्सिमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ ।

जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर २ लक्ष्मिनिया करुनिया टोलमा लाल बकैया नदीले बाढीको समयमा बाँध भत्काएर बनाएको खोलसीमा डुबेर एकै साथ दुई जना नाबालकको मृत्यु भएको छ । मृत्यु हुने दुवै नाबालक बौधिमाई नगरपालिका वडा नम्बर ५ कोपवा टोल बस्ने शेख मनाउलका करिब ३ वर्षीय एक छोरा र ६ वर्षीय अर्को छोरी सवाना खातुन रहेको बुझिएको छ ।

देवाही गोनाही नगरपालिका वडा नम्बर २ लक्ष्मिनिया करुनिया टोल मामा घर गएको बेला लाल बकैया नदीको बाढीले भत्काएको बाँधको खोल्सीमा आइतबार साँझ करिब ६ बजेको समयमा माछा मार्न गएको क्रममा उनीहरुको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

करिब पन्ध्र दिन पहिला देवाही गोनाही नपा – २ लक्ष्मीनिया करुनिया मामाघर उनीहरू घुम्न आएको बुझिएको छ ।