रौतहट, २२ मङ्सिर । रौतहटका सयौँ मदरसाहरूमा अहिले शुल्क लिएर विद्यार्थीहरुलाई पठाउन थालिएको छ। नेपालको सबभन्दा बढी मुस्लिम अवादी रहेको रौतहटमा सयौँ वर्ष पुरानो मदरसाहरूमा अभिभावकको आर्थिक अवस्था हेरेर शुल्क लिने गरेको जमियत अहले हदिश रौतहटका अध्यक्ष शौएब सल्फिले मदनीले बताए। उ
नी आफै सेक्रेटरी रहेको मदरसा दारुल किताब वा सुन्न सरुअठामा प्रति विद्यार्थी हजार रुपैयाँ र पाँच सय लिने गरेको स्विकारेका छन्। यसरी लिएको शुल्क मदर्सामा बस्नेहरुलाई ब्यबस्थापन होस्टेल खर्च बेहोर्नु गरेको उनले बताए।
जिल्लाका जोगौलिया, कनकपुर, जमुनिया, गमहरिया, जयनगर, करुनिया, जिंगरवा, फतुवा महेशपुर, राजपुर फरहदवा, पिपरा भगवानपुर, बैरिया, अकोलवा लगायतका दर्जनौँ गाउँमा छात्र छात्राहरूका लागि छुट्टाछुट्टै मदरसाहरू खोलेका छन्। जहाँ उर्दु, अरबी बाहेक सरकारी पाठ्यक्रम पडाइने गरिन्छ।