मंगलबार ०८ माघ, २०८१

नेपाली समय

इन्द्रेणी पाठशाला: तीन वर्षमै उत्कृष्ट शिक्षाको उदाहरण

इन्द्रेणी पाठशाला: तीन वर्षमै उत्कृष्ट शिक्षाको उदाहरण

लहान, १९ मङ्सिर । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० मा अवस्थित इन्द्रेणी पाठशाला तीन वर्षको छोटो समयमै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित भएको छ। विद्यालयले धनगढी र वरिपरिका अभिभावकहरूको विश्वास जित्दै हाल हजारौँ विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ।

विद्यालयले दैनिक एसेम्ली कार्यक्रममा क्विज प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, उत्कृष्ट नतीजा ल्याउने र विद्यार्थीहरूलाई नियमित रूपमा पुरस्कार वितरणको परम्परा सुरु गरेको छ। प्रधानाध्यापक मुक्तिलाल सहनीका अनुसार यसले विद्यार्थीहरूमा उत्साह र प्रतिस्पर्धाको भावना थपेको छ। इन्द्रेणी पाठशालाले प्रविधिमैत्री शिक्षा प्रणालीलाई अँगाल्दै विज्ञान र प्रविधिमा आधारित पठनपाठनलाई प्राथमिकता दिएको छ। विशेषतः कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई विद्यालयले कृषि र स्वावलम्बनका लागि व्यवहारिक तालिम प्रदान गरिरहेको छ।

विज्ञान शिक्षक मुकेश कुमार शाहको नेतृत्वमा विद्यार्थीहरूले मसरूम खेतीका प्रयोगात्मक तालिम लिएर मात्र २३ दिनमा सफल उत्पादन गरेका छन्। यसले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा र उद्यमशीलता सम्बन्धी ज्ञान प्रदान गर्दै भविष्यमा आत्मनिर्भर बन्न प्रेरणा दिएको छ। विद्यालयले आफ्नो नवप्रवर्तनशील अभ्यास र गुणस्तरीय शिक्षाका कारण अभिभावकहरूको मन जित्न सफल भएको छ। आधुनिक प्रविधि, व्यावहारिक तालिम, र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले गर्दा यो विद्यालय धनगढी क्षेत्रको शैक्षिक गन्तव्य बन्न पुगेको छ।

इन्द्रेणी पाठशालाले शिक्षा मात्र होइन, जीवन उपयोगी सीप र प्रविधिमैत्री दक्षता प्रदान गर्दै आएको छ। यही कारणले यो विद्यालय छोटो समयमा नै क्षेत्रीय शिक्षा क्षेत्रमा उदाहरणीय बन्न पुगेको छ। इन्द्रेणी पाठशालाले समाजमा शिक्षा र विकासको नयाँ आयाम थप्दै सकारात्मक प्रभाव पारिरहेको छ।