रौतहट, १८ मङ्सिर । अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न भएको छ । देशका विभिन्न ठाँउहरुमा यो दिवसका अवसरमा अपाङ्गता भएका व्यक्तिको हक र अधिकार प्राप्तिका लागि समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार भन्ने मूल नाराका साथ ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको थियो ।
यसपाली अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अपाङ्गता समावेशी न्यायमा पहुँच सहितको जनउतरदायी स्थानीय सरकार , दिगो भविष्य लागी अपाङ्गता भएका व्यक्तिको सशक्त नेतृत्व हाम्रो सरकारका साथ जिल्लाको परोहा नगर भरीमा मूल नाराका साथ कार्यक्रमका सम्पन्न भएको हो ।
अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको हक र अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रमका साथ अपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रम अन्तर्गत रहेर राष्ट्रिय अपाङ्ग कल्यान सङ्घ नेपालको आयोजनामा कार्यक्रम गर्दै कार्यकारी निर्देशक राजेश साहले जानकारी दिए । हाल सम्म अपाङ्गता भएका व्यक्तिहरूको लागि सरकारले दिएका सेवा सुविधाहरूमा परिचय पत्रको व्यवस्था, समुदायमा आधारित प्रस्तावना कार्यक्रमको प्रवर्द्धन, पुनः स्थापना केन्द्रहरूको लागि अनुदान सहयोग, सहायक सामाग्री वितरण, अपाङ्गता भएका व्यक्तिहरूको लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था, उच्च शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था, छात्रवृत्तिको व्यवस्था, सार्वजनिक यातायातमा छुटको व्यवस्था, निःशुल्क स्वास्थ्य उपचार, पूर्ण अस्वस्थ व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था लगायतका सेवाहरू उपलब्ध गराउँदै आएको हो ।
सो ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेस प्रदेश सदस्य ललन कुमार चौरसिया, अभियान नेपालका प्रोग्राम कोडनेटर जिवनाथ प्राजुली, परोहा नगरपालिकाको महिला, बालबालिका शाखा प्रमुख ऐसा खातुन, छाया अपाङ्गता आवासीय आधारभूत विद्यालयका प्र.अ. जानकी घिमिरे, विभिन्न सञ्चारका सञ्चारकर्मी लगायत दर्जनौंको सहभागिता रहेको थियो ।