रौतहट, १८ मङ्सिर । बारा जिल्लाको महागढीमाई नगरपालिकामा लाग्ने पंञ्चवार्षिक गढीमाई मेलाका अवसरमा मङ्सिर २३ गते आइतबार प्रदेश प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले विश्व प्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने मङ्सिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री सतिशकुमार सिंहले गढीमाई प्रति लाखौँ श्रद्धालु भक्तजनको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले विशेष पूजा हुने दिन सार्वजनिक बिदा दिएको जानकारी दिए ।
प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासलाई थप बलियो बनाउने गरी बिदा दिएको उनको भनाई रहेको छ ।