मंगलबार ०८ माघ, २०८१

नेपाली समय

रौतहटमा टिकटक बनाउने क्रममा दुईजनाको डुबेर मृत्यु

रौतहटमा टिकटक बनाउने क्रममा दुईजनाको डुबेर मृत्यु

रौतहट, १५ मङ्सिर । रौतहटमा टिकटक बनाउने क्रममा दुईजनाको डुबेर मृत्यु भएको छ । जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिका वडा नम्बर २ गेडहिगुठीमा टिकटक बनाउन नुहाउन गएका दुई जनाको शिवनगर लमहा नदीमा डुबेर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार स्थानीय गेडहीगुठी निवासी देवालाल साहको अन्दाजी छोरा वर्ष १७/१८ का जितेन्द्र साह र सोही वडाका उमेश साहको छोरा वर्ष १७/१८ का राजिव साह शुक्रबार दिउँसो टिकटक बनाउन नदीमा हाम फाल्दा बाहिर निस्कन नसकेको र डुबेर मृत्यु भएको बताइएको बताए । स्थानीयहरूले इलका प्रहरी कार्यालय शिवनगरका सई बब्लु झा र दुधियाभार बेस क्याम्पका इन्स्पेक्टर अमरब्रामुलाई खबर गरे लगत्तै प्रहरी घटना स्थलमा पुगेको थियो ।

प्रहरीका अनुसार गेडही गाउँ नजिकैको लमाहा खोलामा पौडी खेल्ने क्रममा डुबेकोमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुधियाभारबाट स.प्र.नि. अम्मर राज बरामुको कमाण्डमा डिजास्टर म्यानेजमेन्ट सामाग्री सहितको टोली  र स्थानीयको सहयोगमा दुवै जनाको शवलाई पानी बाट निकालेको थियो ।

स्थानीय पूर्व हुलाक कर्मचारी रामनारायण सहनीले प्रहरीलाई सघाएका थिए ।