सुनसरी, ११ मङ्सिर । आमूल परिवर्तन नागरिक पार्टी (एपी) को धरान उपमहानगर समिति गठन कार्यक्रम सम्पन्न भएको छ । सो पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमबाट छत्रबहादुर विश्वकर्माको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको छ ।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरू निम्नानुसार रहेका छन् :
अध्यक्षमा छत्रबहादुर विश्वकर्मा, उपाध्यक्ष द्वय सरिता मेयाङ्बाे, पदम बहादुर शंकर, सचिवमा हिरा बहादुर राई, सहसचिव शान्ति गजमेर, सदस्यहरुमा ईन्द्र सिलवाल, एनम विश्वकर्मा, बुद्धिमान वि.क.,कमला राई (आङ्देम्बे), पदम बहादुर वि.क., रोजिना श्रेष्ठ,विनीता विश्वकर्मा,देवकुमार लामिछाने, रन्जिता श्रेष्ठ बराईली,तिर्थमाया रामदाम,शारदा कालिकोटे,खड्गमाया विश्वकर्मा र कैलाश कालिकोटे रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय अध्यक्ष दलमर्दन कामीले भन्नू भयो " यो देशमा अब नयाँ राजनीतिक शक्तिको उदय भैसकेकाे छ । यो मुलुकमा आमूल परिवर्तन गर्न हाम्रो पार्टी स्थापना भएको छ । हामी विगतका अरू पार्टीहरू जस्तो हैनौँ हामी त जे बोल्छौँ त्यही गर्छौँ हामी गर्न सक्ने कामको मात्र कुरा गर्छौँ । नसक्ने र झुट कुरा गरेर जनतालाई भ्रममा पार्दैनौँ " कार्यक्रममा पार्टीका उपमहासचिव नरेश क्षितिज, काेषाध्यक्ष देबेन्द्र कुमार लिम्बू, सचिवद्वय शशी विश्वकर्मा र दिलबहादुर तामाङ,केन्द्रीय सदस्य डेविट हाङ मादेन लगायतकाे उपस्थिति रहेको थियो ।
छत्रबहादुर विश्वकर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा पार्टीका उपमहासचिव नरेश क्षितिजले नवगठित समितिको नामावली घोषणा गर्नुभएको थियो भने प्रमुख अतिथि दलमर्दन कामीले नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई खादा लगाएर बधाई तथा शुभकामना दिनुभएको थियो ।