शनिबार २२ मंसिर, २०८१

नेपाली समय

साङ्गीतिक यात्रा पश्चात् नेपाल फर्किए अशेष डङ्गोल

साङ्गीतिक यात्रा पश्चात् नेपाल फर्किए अशेष डङ्गोल

(रिदेन महर्जन)

काठमाडौँ, २ मङ्सिर । नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार अशेष डङ्गोल करिब दुई महिनाको साङ्गीतिक यात्रापछि अमेरिकाबाट नेपाल फर्केका छन् ।  कलाकार अशेष डङ्गोलले आर्लिंङगटन, भर्जिनिया; ह्युस्टन, टेक्सास; हन्ट्सभिल, अलाबामा; टुपेलो, मिसिसिपी; पिट्सवर्ग, क्यालिफोर्निया; एल सेरीटो, क्यालिफोर्निया तथा लङ्ग बिच, क्यालिफोर्नियामा आफ्नो प्रस्तुतिहरू देखाएका थिए। 

हिमालयन हेन्ड्रीक्स‌को उपनामबाट विश्वभर चिनिने कलाकार अशेष डङ्गोलले हाउस अफ ब्लूजको फाउन्डेसन रुममा दोस्रो पटक आफ्नो दमदार प्रस्तुत गरेका छन् । जसमा “स्कुल अफ रक” मा सङ्गीत निर्देशक‌को समेत भूमिका निभाई सकेका रेन्दा ज्याक्सनले बेश गितारमा र साजन महर्जनले ड्रम्समा साथ दिएका थिए ।  सगरमाथा ईन्टरटेन्टमेन्टद्वारा आयोजित अशेष डङ्गोलको कार्यक्रम हेर्न नेपालीहरुद्वारा सञ्चालित “लामा वार” एल सेरीटो, क्यालिफोर्नियामा ठूलो घुइँचो लागेको थियो। जसमा गितार सेन्टर आबद्ध सेसन बेस गिटारिस्ट ग्यारेट मिनगार्डी र साजन महर्जनले ड्रम्समा साथ दिएका थिए । 

पिट्सवर्ग क्यालिफोर्निया‌मा बन्दै गरेको श्री लक्ष्मी बैकुन्यनाथ नेपाली मन्दिरको सहयोगार्थ अशेष डङ्गोलले हिलींग सेसन नामक च्यारिटी कन्सर्ट पनि गरेका थिए । च्यारिटी कन्सर्टमा सम्मिलित दर्शकहरूले अशेष डङ्गोलको आध्यात्मिक सङ्गीत सुनेर  ध्यान पनि गरेका थिए। अशेष डङ्गोलको २०२४ अमेरिका साङ्गीतिक यात्राको लागि क्यालिफोर्नियावासी पिउस दाहाले भ्रमण प्रबन्धकको (टूर मेनेजर) भूमिका निर्वाह गरेका थिए भने अमर क्षेत्री फाउन्डेसनको प्रायोजकमा तथा नेपक्याली रिकर्डस, अर्पन  कार्की अभिसेक डङ्गोल, निरन्जन, हेनरी जोन्स, मनोज लामिछाने र तिका राईले आवास तथा सह-प्रबन्धकको भूमिका निर्वाह गरेका थिए ।  अ

शेष डङ्गोलको हालसम्म ६ वटा गीति एल्बम र उनको १३ भन्दा बढी देश भ्रमण गरेर साङ्गीतिक यात्रा गरिसकेको छ ।