शनिबार २२ मंसिर, २०८१

नेपाली समय

पुर्ख्यौली आरन पेसामा रमाउँदै रामग्रामका नन्दलाल विश्वकर्मा

पुर्ख्यौली आरन पेसामा रमाउँदै रामग्रामका नन्दलाल विश्वकर्मा

परासी, २ मङ्सिर । टक टक घन पिटेको आवाज परै बाट सुनिन्छ । पछिल्लो समयमा यस्तो आवाज बिरलै मात्र सुन्न पाइन्छ । आगोमा तताएर आकार दिन परिएको फलाम । फलामलाई सनासोले समाएर घनले पिट्दै गरेका नन्दलाल (लोहार) विश्वकर्मा । उनले बिहानदेखि फलामको विभिन्न आकार दिनलाई व्यस्त देखिन्छन् । विश्वकर्माको  सानो आरन व्यवसाय छ ।  

पश्चिम नवलपरासीका रामग्राम नगरपालिकाको वडा नं. ३ मा आरन व्यवसाय गदै  ६६ वर्षीय नन्दलाल (लोहार) विश्वकर्मा पुर्खाको आरन व्यवसाय धान्नेका छन् । उनले हजुर बुवा र बुवाको पुर्ख्यौली आरन पेसा अँगाल्दै आएका छन । उनी भन्छन्, '३३ वर्षदेखि आरन पेसा गदै आएको बताए । बिश्वाकर्माले आफ्ना पुर्खाको आरन पेसामा अँगाल्दा सन्तुष्ट नै छु ।' उनीमात्र हैन उनको सबै परिवार यसै पेसामा लागेका छन् । उनी कामदार नराखेको उनको परिवारहरू उनको पेसामा उनलाई सघाउँदै आएका छन । यही पेसाबाट आफ्नो परिवार पाल्दै आएको बताए ।

घरायसी तथा खेती किसानी सामान्य कार्यका लागि प्रयोग हुने, हँसिया, खुर्पी, खुर्पा कोदालो, बन्चरो कुटो बिश्वकार्माले बनाउन गरेका छन । उनी आफ्नै घरमा सानो आरन व्यवसाय गरेका छन् । उनी कहाँ गाउँघरमा  घरायसी तथा खेती किसानी सामान्य कार्यका लागि प्रयोग हुने, हँसिया, खुर्पी, खुर्पा कोदालो, बन्चरो  बनाउन तथा मर्मतका लागि बिहानदेखि सर्वसाधारणहरूको घुइँचो लाग्ने गरेको बताए । उनले मेहनत गरे अनुसार र काम बापत पैसा नपाउने गरेको बताउँदै कोदालो मर्मत १०० लिने हाँसिया ५० सानो आकारको कुटो खुर्पा बन्चरो ५० मर्मत गरेको लिने गरेको बताए ।

बिश्वाकर्माले अर्डर अनुसार हँसिया, खुर्पी, खुर्पा कोदालो, बन्चरो  बनाउने गरेको बताउँदै एउटा हाँसिया बनाएबापत एक सय ५० रुपैयाँ ,कोदालो दुई सय ५० देखि तीनसय सम्म लगायतको सामाग्री बिक्री गदै आएको बताए । उनी भन्छन् सबै खर्च कटाएर वार्षिक ४० हजार रुपैयाँ आम्दानी हुने गरेको बताए । यो पेसा परम्परागत चलनअनुसार वार्षिक रूपमा तोकिएको प्रतिपरिवार एक मन ४० केजी० धानबाट परिवारको खर्च धान्न नसक्दा समुदायका नयाँ वंशज अन्य पेसातर्फ आकर्षित भएको उनी बताउँछन् । यस पेसामा आय अत्यन्तै न्यून भएकाले अबका सन्तती अन्य पेसा रोज्दै सहर तथा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

लोहसारीमा फलाम पिट्नु कठिन काम भएको तथा प्रयोग हुने कोइला महँगो भएको जसमा कोइला र दाउरा अभाव  रहेको भन्दै ज्यालादारी सन्तोषजनक नहुँदा आफ्ना छोराछोरीहरूलाई अन्य पेसामा लागेको बताए । उनी भन्छन् पुर्ख्यौली पेसा अहिले सङ्कटमा छ । अहिले आधुनिक मेशिन प्रयोगले गर्दा पुर्ख्यौली आरन पेसा सङ्कटमा परेको छ त्यसमा पनि अहिलेको संन्ततीले अन्य पेसा रोज्दै आएका छन । यसले गर्दा पनि पुर्खौली आरन पेसा सङ्कटमा परेको बिश्वाकर्माले चिन्ता व्यक्त गरेका छन्  ।

उनी भन्छन् घरेलु औजार बिस्थापित हुँदा पनि अझै त थ्रेसर बाली भित्राउँदा परम्परागत  औजारहरू विस्थापित र विभिन्न किसिमका मेशिनहरु प्रयोग बढ्दा आरन पेसा सङ्कटमा परेको छ ।