शनिबार २२ मंसिर, २०८१

नेपाली समय

नेपाल पत्रकार महासङ्घ रौतहट शाखामा महिनौँ देखि लागेको तालाबन्दी खुलाउन सहमति

नेपाल पत्रकार महासङ्घ रौतहट शाखामा महिनौँ देखि लागेको तालाबन्दी खुलाउन सहमति

रौतहट, २८ कात्तिक । नेपाल पत्रकार महासङ्घ रौतहट शाखामा विगत महिनौँ देखि लागेको तालाबन्दी खुलाउन स-सचिव सञ्जय सहनी को नेतृत्वमा कार्य समिति सदस्य नन्दभुसन श्रीबास्तब सहितको बार्ता टोलीले आन्दोलनरत पक्षको नेतृत्व गर्दै पाल्नु भएका अग्रज पत्रकारहरु बिनयलाल दास ,किशोरी यादव र राकेश यादव बिच सदरमुकाम गौरमा बुधबार भएको बार्ता विभिन्न सकारात्मक निर्णयका साथ सम्पन्न भएको छ।

बार्ता टोली बिच भएको सहमति अनुसार आज २९ गते बिहीबार बिहान १० बजे नेपाल पत्रकार महासङ्घ रौतहट शाखामा लागेको ताला खुल्ने लगायत विभिन्न ४ बुँदे निर्णय गरिएको छ।