परासी, १४ कार्तिक । पश्चिम नवलपरासीमा पुष्प खेतीतर्फ कृषकहरूको आकर्षण बढेको छ । थोरै लगानी र धेरै आम्दानी हुने भएपछि यहाँ पुष्पखेती गर्ने कृषकहरूको आकर्षण बढेको हो ।
पहिले सोखिन र सौन्दर्यीकरणको रूपमा घर वरपर मात्र लगाइने फुलका विरुवाहरुलाई अहिले व्यावसायिकता रूपमा लगाउने र आफ्नो आम्दानीको मुख्य स्रोत बनाउने तर्फ किसानहरू आकर्षित हुँदै गएका छन् । नवलपरासीका दुई युवाहरू व्यावसायिक पुष्प खेती गरेका छन । उनीहरू नगरको जागिरबाट निस्केपछि व्यावसायिक पुष्प खेती सुरु गरेका हुन । उनीहरू दुवै जना युवा बर्दघाट नगरपालिका स्थानीयवासी हुन ।
बर्दघाट वडा नं. १० का खुमकान्त न्यौपाने र बर्दघाट वडा नं. ४का रमेश पाण्डेले व्यावसायिक रूपमा पुष्प गरिहरेका छन । बर्दघाट नगरपालिकाको वडा –२,स्थित आम्वासमा १० कट्टामा व्यावसायिक पुष्प खेती गरिहरेको खुमकान्त न्यौपाने बताए । उनीहरू १० कट्टामा लिजमा लिएर पुष्प खेती गरिरहेका रमेश पाण्डेले बताए ।
पछिल्लो समय चाडपर्वमा बजारमा आएका प्लाष्टिकको माला खपत बढ्न थालेको देखेपछि उनीहरू पुष्पखेती सुरु गरेको उनीहरुको भनाई छ । उनीहरू भन्छन् अहिलेका युवाहरू खाली विदेश पलायन हुने अवस्था छ तर हामीले विदेश जानुभन्दा आफ्नै देशमा कृषि पेसा गरेर रमाइरहेको बताउँछन् । खुमकान्त र रमेशले युवाले करिब २ लाखको लागतमा आफूहरूले पुष्प व्यवसाय सुरु गरेको जानकारी दिए ।
फुलमा आत्म निर्भर मात्र हैन निर्यात समेत गर्न सकिने प्रशस्त सम्भावना देखेर नगरको जागिर छोडेसँगै पुष्प व्यवसायमा होमिएका खुमाकान्त न्यौपाने र रमेश पाण्डेले अहिलेको सिजनमा मात्र १० लाख आम्दानी गर्ने लक्ष्य लिएका छन ।
उनीहरू भन्छन्, 'किसानले बजारीकरण र सिँचाइको मुख्य समस्या खेपिरहेको गुनासो गरेका छन् ।' आफ्नै देशको खेतबारीमा उत्पादन भएका फुलहरूको प्रयोग गरी स्थानीय किसानको प्रोत्साहन गर्न र प्लाष्टिकजन्य बस्तुबाट बनेका माला तथा फुलहरूको प्रयोगलाई निरुत्साहित गर्न भन्दै बर्दघाट नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।
मखमली र सयपत्री फूललाई विशेष गरी तिहारको मुख्य पहिचानका रूपमा लिने गरिन्छ । फूलको महत्वबारे स्थानीयवासीले चासो नदिँदा गाउँघरमा फूल लोप हुने अवस्थामा पुगेको थियो ।