बुधबार १७ बैशाख, २०८२

नेपाली समय

एमक्युब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन

एमक्युब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन

काठमाडाैँ, १३ कात्तिक । नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् । अक्टोबरभरि उहाँहरुले ग्यालरीमा रहेर स्वतन्त्र रुपमा कला सिर्जना गर्ने अवसर पाउनुभएको हो । 

ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठले अक्टोबर महिनाभर इरानका चित्रकार सोमायेह सादत मिराब्वासी र अस्ट्रियाका फोटोग्राफर अनिता फुचले कला सिर्जना गरिरहनुभएको जानकारी दिनुभयो ।

“उहाँहरु दुवै जना नेपालको कलाकृतिप्रति निकै उत्साहित हुनहुन्छ”, उहाँले भन्नुभयो, “एक महिनामा उहाँलेहरुले सिर्जना गरेका कला ग्यालरीमा प्रदर्शन भएका छन् ।” 

फुचले ‘शीर्षकविहीन’ शीर्षकको विचार भाव फोटोग्राफीमार्फत प्रस्तुत गर्नुभएको छ भने मीराब्वासीले मनमोहक डिजिटल कला प्रस्तुत गर्नुभएको छ । 

उहाँका सिर्जनामा अनौठो दृष्टिकोण प्रतिबिम्बित भएका ग्यालरीका प्रमुख श्रेष्ठले बताउनुभयो । मिराब्वासीको कलामा जीवनको सूक्ष्मताभित्र पनि गहिरो अस्थित्व महसुस गराउन खोजिएको पाइन्छ ।

“उहाँको कलाले वरपर पाइने, वस्तुहरू, जनावर, बोटबिरुवा, ढुङ्गालगायतको आफ्नै असाधारण तथा अस्तित्व रहेको सन्देश दिन खोजेको छ”, उहाँले भन्नुभयो ।