बिहीबार २९ कात्तिक, २०८१

नेपाली समय

संगम खबरद्वारा शुभकामना आदानप्रदान कार्यक्रम  सम्पन्न

संगम खबरद्वारा शुभकामना आदानप्रदान कार्यक्रम  सम्पन्न

रौतहट, २१ असोज । संगम खबर अनलाइन डट कमद्धारा बडा दशैंको अवसरमा आइतबार जिल्लाको अदालत स्थित बार एशोशियसनको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व नेपाल पत्रकार महासङ्घका अध्यक्ष रबिन्द्र साहले पत्रकारिताको क्षेत्रमा युवा पुस्ताहरूलाई अघि आइरहेकोमा स्वागत गर्दै आग्रह पूर्वाग्रह ढङ्गबाट जोगिँदै संयमित भएर कलम चलाउन आग्रह गरे । त्यस्तै प्रेस चौतारीका रौतहट अध्यक्ष उतम उपाध्याय महासङ्घको सदस्य भएर मात्रै पत्रकारिता गर्न सकिन्छ अन्यथा गरिँदैनन् त्यस्ता भ्रमलाई त्याग गरेर आफ्नो पेसलाई सधैँ निष्ठावान्, इमान्दारीका साथ लाग्नु भएमा अवश्य सोचेका स्थानमा पुग्न सकिने बताउँदै दशैं तिहार तथा छठको शुभकामना दिए ।

सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले पत्रकारिता कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण रहेको हुँदा कुनैपनि राजनीतिक दलको आवरणमा रहेर पत्रकारिता गर्नु हुँदैनन् । समाजको हितमा रहेर आफनो कलम चलाउन आग्रह गर्दै दशैंको शुभकामना तथा बधाई दिए । महासङ्घ रौतहट शाखाका पूर्व अध्यक्ष शैलेन्द्र गुप्ताले अहिलेको समय निकै कठिन रहेको हुँदा आफू विश्वस्त भएर कुनैपनि समाचार लेख्नुपर्ने तथा कसैलाई तपाईँहरूको कलमबाट आघात पुर्‍याउने कार्य गर्नु नहुने बताए ।

वरिष्ठ पत्रकार  प्रभातकुमार झाले पत्रकारिता क्षेत्रमा लागेका व्यक्तिहरू सबैभन्दा पहिला आफनो आचरणमा सुधार ल्याएर समाजप्रतिको दायित्वलाई पुरा गराउनुपर्ने कार्यमा मात्रै सक्रिय रहनुपर्ने बताए । कुनैपनि संस्था खराब हुँदैनन् त्यसमा रहेका केही पात्रहरू मात्रै खराब हुने भएको हुँदा तिनीहरूलाई पनि सुधार गरेर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको ठम्याए । पत्रकार पत्रकार बिचको लडाइँलाई घर भित्र समाधान गर्नुपर्ने अन्यथा बाहिरको व्यक्तिहरूलाई चलखेल गर्ने मौका दिनु नहुने जिकिर गरे ।

नेपाल पत्रकार महासङ्घका पूर्व उपाध्यक्ष एवं रेड टेलिभिजनका सञ्चालक जयप्रकाश यादवले महासङ्घ जिल्ला शाखाहरूमा देखिएका बेथितिहरूलाई चिर्दै राम्रो कार्यको थालनी गर्नुपर्ने बताए ।  त्यसमाथि विचार गर्नुपर्ने बताउँदै दशैको शुभकामना दिए ।

संगम खबरका  सञ्चालक एवं अध्यक्ष दिनेश यादव (संगम) को सभापतित्वमा सम्पन्न कार्यक्रममा महसंघका सह सचीव संन्जय सहनी , आरोही टेलिभिजनका सञ्चालक मेवालाल यादव, सत्येन्द्र प्रताप सिंह ,  राकेश यादव,  युवा नेता  ललन यादव सहित सक्रिय सञ्चारकर्मीहरूको उपस्थिति  रहेका थिए भने कार्यक्रम चंचल झाले सभा सञ्चालन गरेका थिए ।