रौतहट, २० असोज । जिल्लाको परोहा नगरपालिकाकाे-२ जिङडवामा ८०० ग्यास सिलिन्डर सेट वितरण गरिएको छ। परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिलको प्रमुख अतिथ्यमा प्रत्येक घरधुरीलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो ।
नगर प्रमुखको चुनावी प्रतिबद्धता अनुरूप परोहा नगरपालिकाकाे-२ मा प्रत्येक घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । नगर प्रमुख शेखको अतिथ्यतामा धुवाँमुक्त, ग्याँस सिलिन्डर तथा चुल्हो वितरण कार्यक्रमको मैन बत्ती बालेर उद्घाटन गरिएको थियो।
नगर प्रमुख शेखद्वारा प्रथम प्राथमिकता दलित विपन्न, गरिब र अन्य समुदायका तथा आफ्नो नगरलाई धुवामुक्त गर्नलाई आज आइतबारदेखि प्रत्येक घरधुरीलाई ग्यास सिलिन्डर तथा चुल्हो सेट सहित वितरण गरिएको युवा नेता शेख नौसादले बताए । नगर प्रमुख शेखले सिलिन्डर, चुल्हो, रेगुलेटर, पाईप लाईटर लगायतका समान वितरण गरेको वडा अध्यक्ष शेख सेराजले बताए ।नगर प्रमुख शेखको भनाई अनुसार नगर भरिका घरपरिवारले अहिले पनि दाउराको प्रयोग गरी खाना पकाउने गरेको हो , त्यसका लागि धुवाँमुक्त कार्यक्रम अन्तर्गतमा खरिद गरिएको ग्यास सिलिन्डर तथा चुल्हो सेट वितरण गरिएको हो।
पालिका भारीको करिब ७ हजार पाँच सय घर परिवारलाई उक्त ग्यास सिलिन्डर चुल्हो सेट वितरण गरिने छ । गत आर्थिक वर्षमा वडा नंं. १ का सम्पूर्ण घर परिवारलाई वितरण गरिएको तथा हाल वडा न. २ का करिब २ हजार ७० घरपरिवारलाई वितरण गरिने तथा बाँकी सबैलाई एक दुई महिना भित्र वितरण गर्ने मेयर शेखले बताए । अहिलेको आधुनिक युगमा पनि गुइँठा र दाउराबाट खाना पकाउन बाध्य महिलाहरू विभिन्न रोगको सिकार हुने गरेको र आर्थिक अवस्था कमजोर भएकै कारणले ग्यास चुल्होबाट खाना पकाउन नसकेका घरपरिवारलाई लक्षित गरी यो योजना ल्याइएको नगर प्रमुख शेख वकिलको भनाई रहेको छ ।
यस योजनाले गोबरबाट बनेको गुइँठा र दाउराको प्रयोगबाट खाना पकाउनुपर्ने बाध्यता हट्नुका साथै महिलाहरूको स्वास्थ्य सुधार हुने र धुवाँमुक्त हुने विश्वास गरिएको इ. दिपेन्द्र यादवले बताए । पालिकाको वडा नं- २ को स्थानीय जनताहरुले ग्यास सिलिन्डर तथा चुल्हो सेट लगायतका सरसमानहरु पाउँदा हर्षित भएको स्थानीयले बताए ।
सो धुवाँमुक्त कार्यक्रममा प्रमुख शेख, विधायक प्रत्याशी रामचन्द्र गिरि, परोहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मो. मोहफुल अहमद, इन्जिनियर दिपेन्द्र यादव, वडा नं २ का वडा अध्यक्ष, वडा सदस्य, जनप्रतिनिधि, पत्रकार, सशस्त्र प्रहरी, नेपाली सेना तथा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।