बुधबार १७ बैशाख, २०८२

नेपाली समय

स्मृति सभा सम्पन्न

स्मृति सभा सम्पन्न

काठमाडौँ, २० असोज । आमूल परिवर्तन नागरिक पार्टीले स्वर्गीय सुशीला बेघाको स्मृति सभा सम्पन्न गरेको छ । असोज ११ गते रातीको अविरल बर्षाले बाढीपहिरोको कारण उहाँको निधन भएको थियो । स्वर्गीय सुशीला बेघा आमूल परिवर्तन नागरिक पार्टीका उपाध्यक्ष हुनुहुन्थ्यो र जर्ज बेघाको अत्यन्त प्रिय जीवन सङ्गिनी उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

"उपाध्यक्ष बेघाको निधनले जर्ज बेघा र उहाँको छोराछोरी र यहाँ उपस्थित हामीलाई मात्रै शोकित बनाएको छैन। उहाँको निधनले आम उत्पीडित जनताको मुक्ति, धार्मिक अल्पसङ्ख्यक समुदाय न्याय अधिकार र स्वतन्त्रताको सङ्घर्ष र सङ्कल्पको लागि एउटा महत्त्वपूर्ण मोडलाई शोकित बनाएको छ। स्वर्गीय सुशीला बेघा सारा उत्पीडित जनताको मुक्तिको आवाज हुनुहुन्थ्यो, धार्मिक अल्पसङ्ख्यक समुदायका लागि एक बलियो खम्बा पनि, उहाँको साहस, उहाँको सङ्कल्प र उहाँको समर्पणले हामीलाई सधैँ इमानदारिता निर्भीक र सङ्घर्षरत रहने प्रतिबद्धता सिकाएको छ यही कुरामा हामी सबैलाई  प्रेरित गर्ने छ," संकल्प पत्रमा भनिएको छ । 

बेघाको निधनले राष्ट्र र राष्ट्रियता माथि ठूलो क्षति पुर्‍याएको र उहाँको सपनाहरू साकार पार्न एक इन्च पनि पछि नहट्ने पार्टीको भनाइ छ ! स्वर्गीय सुशीला बेघा उहाँले हामीलाई उहाँलाई सम्झँदै गर्दा हाम्रा हरेक आँसुका थोपाहरू र उहाँको सम्झनालाई शोकलाई शक्तिमा रूपान्तरण गर्दै सङ्घर्षलाई नयाँ ज्योतिमा प्रकट गर्नुपर्ने जिम्मेवारी रहेको संकल्प पत्रमा उल्लेख छ । 

उहाँको सम्झना स्मृति सभाको यो  शोकको  घडीमा आम उत्पीडित जातीय समुदायको मुक्ति, परिवर्तन धार्मिक अल्पसङ्ख्यक समुदायको न्याय र स्वतन्त्रताको सङ्घर्षका निम्ति प्रतिबद्ध रहने सङ्कल्प गरे मात्रै  सुशीला बेघाको यो स्मृति सभाले सार्थक पाउने पार्टीको अपेक्षा छ । 

आदरणीय दाजुभाइ दिदीबहिनीहरू सुशीला बेघा ज्यू। 

हाम्रो पार्टीको उपाध्यक्ष तथा प्रदेश नम्बर १ को इन्चार्ज हुनुहुन्थ्यो उहाँको सपना र सङ्कल्प  थियो हिन्दु धर्मावलम्बी दाजुभाइ दिदीबहिनीहरूको बढा दशैं तिहार पछि, आफू अर्थात् सुशीला बेघा ज्यू प्रदेश १ मा जानेछु। हामीले सल्लाह गरेका थियौ र हाम्रो सङ्कल्प थियो अबको चुनावमा, हामी हाम्रो पार्टीका लागि कम्तीमा ५ जना सङ्घीय संसद् र ५ जना प्रदेश संसद् जिताउने दायित्व लिन्छु अध्यक्ष एक वर्ष काठमाडौं आउँदिन भनी तयारी गर्नु भएको थियो ।

हिजो मात्रै उहाँको श्रीमान् जर्ज बेघा ज्युसँग भेटगरी कुरागरे सोही कुरा उहाँले पनि मलाइ सुनाउनु भो म अत्यन्तै भावुक बने उहाँ यति प्रतिबद्ध हुनुहुन्थ्यो । स्वर्गीय सुशीला बेघा ज्युको सपना मार्गदर्शनलाई साकार पार्न पूरा गर्न हामी सबैले सङ्कल्प गर्नैपर्छ यो हाम्रो दाइत्व हो जिम्मेवारी हो। 

पार्टीको सङ्कल्प 

हाम्रो पार्टी अझै निर्माणाधीन अवस्थामा नै छौ ,

यो शोकमा मैले भन्नैपर्छ हामीले कहिल्यै हार मान्नु हुँदैन । स्वर्गीय सुशीला बेघा ज्युको सम्झनामा उभिएका छौ उहाँको सपना र पार्टीको योजना आउने आम निर्वाचनमा हाम्रो पार्टी बाट प्रदेश नम्बर १ बाट मात्रै कम्तीमा ५ सङ्घीय संसद् र ५ प्रदेश संसद् बनाउने छौ । त्यसै गरेर देशभर यही अनुसार बनाइ देशलाई समतामूलक समृद्ध विभेद रहित सबैको पहिचान र अस्तित्वको समान अवसर प्रदान गर्ने र देशमा विकास समृद्धि ल्याउने सपना र सङ्कल्पलाई पुरा गर्नका लागी सशक्त र जुझारु भएर लाग्नेछौ लाग्नुपर्छ सबैलाई प्रतिबद्ध हुन समेत आग्रह गर्दछु ।

हामी प्रेम आशा विश्वासमा जिउने मानिसहरू हौँ मानवीय गुण हो ।

देशमा अन्याय अत्याचार विभेद दमन बहिष्करण व्यापक छ जातीय धार्मिक अल्पसङ्ख्यकको अधिकार सुनिश्चित गर्दै न्याय समानता समतामूलक सभ्य र समृद्धि नेपाल निर्माण गर्नु हामी सबैको दाइत्व हो ।

यसर्थ अब हामीले 

मैले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने मैले गर्नैपर्छ म गर्नेछु हामी गर्ने छौ हामी जे बोल्छौ असल बोल्छौ र असल गर्छौ हाम्रो यो सङ्कल्प सहितको प्रतिबद्धता गरेर हामी स्वर्गीय सुशीला बेघा ज्युको यो स्मृति सभा लाई सम्पन्न गर्ने छौ र सधैँ उहाँको यादले हामीलाई यसरी नै अगाडि बढ्न प्रेरित गर्नेछ।

अन्त्यमा, म प्रार्थना गर्दछु कि स्वर्गीय सुशीला बेघा ज्युको आत्माले चीरशान्ति पाओस्। यो हाम्रो सङ्कल्प हो—हामी उहाँको सपना पूरा गर्नेछौँ!

धन्यवाद। 

अध्यक्ष, दल मर्दन कामी