बिहीबार २६ असार, २०८२

नेपाली समय

सशस्त्र प्रहरीको मिलेमतोमा व्यापक रूपमा तस्करी; प्रहरी मूकदर्शक

सशस्त्र प्रहरीको मिलेमतोमा व्यापक रूपमा तस्करी; प्रहरी मूकदर्शक

रौतहट, १८ असोज । जिल्लाको विभिन्न नाकामा खटिने सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले लाइन दिएपछि भारतीय सीमानाकामा चोरी तस्करी बढेको छ। भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा सङ्गठित तथा पोके तस्करहरूले व्यापक रूपमा तस्करी भइरहेको हो ।

पछिल्लो समय  जिल्लाको गौर, महादेव पट्टि, बन्जराहा, औरैया, मठिया महुलीया, जय नगर, घिउरा, रापुरखाप, रामपुरवा, नरकटीया, बँसिर चौक, चिरान, बंकुल, गोदाम, छोटी भन्सार बडा बंकुल र बारा जिल्लाको कचोरवा,सिम्रौनगढ, पिपरपाती, कवही, मटिअर्वा, मुसहरवा नाकाबाट व्यापक मात्रामा तस्करी भइरहेको छ। को सीमाक्षेत्र सँग जोडिएकोका भारतीय बजार घोडासाहन, चैनपुर, बैरगिनिया, बारा सँग जोडिएका घोडासाहन, छौडारादानो, आदापुर, लगायतका नाकाबाट साना पोके तस्करदेखि ठूला सङ्गठित तस्करहरूको सक्रियता बढेको देखिएको बौधीमाई नपाका स्थानीय समाज सेवी कमल राय यादव बताउँछन् ।

भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सार तस्करहरूबाट मासिक रकम लिएर अवैध कारोबार संञ्चालनमा सघाइरहेको स्रोतले बताए। सीमा वारपार हुने तस्करी नियन्त्रणको जिम्मा पाएका निकायहरूकै संलग्नता र सहयोगमा तस्करी व्यापक मात्रामा मौलाएको देखिन्छ। भारतीय बजार घोड़ासहनबाट रौतहटको छोटी भन्सार बंकुल नाका भएर भारतीय ट्याम्पो तथा मोटरसाइकलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नतामा व्यापक मात्रामा तस्करी भइरहेको पाइएको हो।

रौतहटको मुख्य नाकाको रूपामा रहेका पाँच वटा, गौर, महादेवपट्टी भन्सार, औरैया, रामपुर खापमा पाँचवटा बीओपी रहेका छन, जसमध्ये गौर भन्सार, बेलबिछवा, औरैया, रामपुरखाप र बी.ओ.पी सरमुजवा लगायतका बी.ओ.पीहरुमा सशस्त्र प्रहरी निरीक्षकहरूको सरुवा र नयाँ निरीक्षकहरू बी.ओ.पीहरुमा आउने बित्तिकै तस्करहरूसँग साटघाट गरी राति-राति र बिहान सेटिंगमा सङ्गठित रूपमा तस्करी भइरहेको छ। त्यस्तै नेपाल प्रहरीका ७ युनिट रहेको स्थानीयहरू बताउँछन्।

नेपालका तस्कर जिल्ला रौतहट कटहरिया नगरपालिका रंन्जय साह,लक्ष्मी साह लगायतका तस्करहरूबाट मोटो रकम लिई र भारतीय तस्करहरू झड़ौखारका श्याम सुन्दर साह, अगरवाका अरविन्द साह,भारत पुरनहियाका संन्दिप यादव,भारतको लैन बाँसवरियाका राजू गिरी, संन्तोष जयसवाल, परोहा नपाका बिकाउ जयसवाल, बाराका मास्टर मिया, भोला साह, शत्रुधन कुशवाहा,जस्ता भारतीय कुख्यात तस्करहरूबाट मोटो रकम लिई बडा बंकुल र नरकटिया सीमा नाकाबाट रौतहटका विभिन्न बजार मौलापुर,विजयपुर, कटहरिया, गरुडा, चपुर सम्म बिना रोकटोक राजस्व छलिएका तस्करीका समानहरू यी कुख्यात तस्करहरूले विभिन्न बजारहरूमा पुर्‍याउने गरेका स्थानीयवासीहरु बताउँछन्।  गिट्टी,बालुवा र अवैध मदिरा भारत लैजान भारतबाट लागुऔषध टिटजेसिक इन्जेक्सन डाजिइङपाम सघाईरहेको तथा भारतबाट अवैध तयारी कुखुरा, स्पेयर पार्ट्स, कास्मेटिक आइटम, खाद्यान्न सामग्री लगायतका वस्तुहरूको ओसार पोसारमा सघाउ पुर्‍याएकोले राजस्व सङ्कलनमा कमी आएको देखिन्छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त रूपमा सर्वसाधारणलाई दुःख दिने र दिनहुँ दशौँ पटकसम्म सामान ओसारपसार गर्नेलाई छुट दिने गरेको स्थानीयहरू बताए । तस्करहरूसँग सशस्त्र प्रहरी र नेपाल प्रहरीले नजराना लिएकाहरूलाई   केही नगर्ने तर सर्वसाधारणले आफ्नो घरायसी प्रयोजनका लागि केही मात्रामा सामान ल्याउँदा माथिको निर्देशन भन्दै सताउने गरेको स्थानीयहरूको गुनासो रहेको छ। बंकुल नाकाको छेउबाट लाखौँ मूल्य बराबरको कपडाको तस्करी दिनहुँ भइरहेको हो। केही भारतीय खुद्रा तथा थोक तस्करहरूसँगको मिलेमतोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको आन्तरिक सेटिङ्गमा दिनहुँ लाखौँको तस्करी भइरहेको प्रत्यक्षदर्शीहरूको भनाई रहेको छ।

अत्यधिक मात्रामा तस्करी बढेको भए पनि सुरक्षाकर्मीहरू सर्वसाधारणलाई निकै कडाइ गरेको देखाएर तस्करहरूलाई रामराज्य बनाएका छन्। भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करहरूले बंकुल नाकाबाट प्रत्येक दिन हजारौँ कार्टुन मदिरा गाजा,अफिम जस्ता लागुऔषध भारत पठाइरहेका छन्।

सुरक्षा निकायका प्रमुखहरू भने खुला सीमाका कारण समस्या आएको र तस्करीको लाइनका बारेमा कुनै जानकारी नभएको बताउँछन्। सीमावर्ती क्षेत्रबाट व्यापक तस्करी भएको कारण नै यहाँका भन्सारले लक्ष्य अनुरूपको राजश्व सङ्कलन गर्न सकिरहेका छैनन् । जसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ । यता केही दिन अगाडि आएका बिओपि प्रमुख आएसँगै सेटिङमा बारा र रौतहटको विभिन्न नाकाबाट लहसुनको तस्करी भएको स्थानीयले बताए ।त्यस्तै सूचना दिने मान्छेको नाउँ गोप्य राख्नु पर्ने भने तापनि प्रहरी प्रशासनले नै सूचना दिने मान्छेको नाम सरोकार बालालाई दिने गरेको स्थानीयको भनाई रहेको छ। त्यस्तै सशस्त्र प्रहरी बल,नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुर्यशेन ओलीसँग कुरा गर्दा मधेस प्रदेशसँग जोडिएका बोर्डर यूनिटलाई कडा निर्देशन दिएका हुन। तस्करीसँग साठगाँठ जोडिएका त्यस्तो कुनै किसिमको संग्लाग्नाता देखिएमा सिधै कारबाही गर्ने र आ-आफ्नो क्षेत्रमा शान्तिसुरक्षा कायम राख्ने निर्देशन वरिष्ठ उपरीक्षक ओलीले बताए ।

उदाहरणको रूपमा हिजो बिहीबार बेलुकी करिब ५ बजेको समयमा भारतीय एसएसबी गुरहेनवा पोष्टबाट टोलीले नेपालबाट भारी मात्रामा अवैध दारु कारोबारीहरू नेपालबाट भारततर्फ ४ /५ वटा मोटरसाइकलमा दारु लोड गरी बन्जरहाबाट गुरहेनवा तर्फ लगिरहेको अवस्थामा भारतीय एसएसबीको टोलीले विशेष सूचनाको आधारमा लुकीछिपी बसेर सो तस्करीको मोटरसाइकल तथा मोटरसाइकल तथा दारु सहित तस्कर सहितलाई पक्राउ गर्दा प्रहरी तथा तस्करी बिच झडप भएपश्चात् थप तस्करीको टोली गई एस एसबीको टोलीलाई पक्राउ गरेको अवैध मदिरा तथा पक्राउ परेका मालसमान र एसएसबीका जवान समेतलाई दशगजामा ल्याई रामधुलाई गरी तस्करहरू फरार भएको स्थानीयले बताए।रामधुलाई खाएका भारतीय एसएसबीका जवानको उपचार प्राइभेट क्लिनिकमा उपचार भइरहेको चैनपुरका स्थानीयले बताए। त्यस्तै आज शुक्रबार दिउँसो १ बजेको समयमा बिओपी सरमुजवा र प्रहरी चौकी बंकलका संयुक्त टोली बंकुल छोटी भन्सार नाका र बडा बंकुल नाकाबाट नुन देखि सुन सम्मको तस्करी भइरहेको प्रत्यक्षदर्शीले बताउँछन्।

त्यस्तै भारतको लक्ष्मीनिया टोल घर भएका बिकेस जयसवाल आफ्नो ग्लैम्वर मोसामा २ बोरा १ क्वीन्टल खुर्सानी र ३ कार्टुन खाने तेल नेपाल भित्राएको बेला सशस्त्र प्रहरी बेस क्याम्प सरमुजवाबाट खटिएको गस्ती टोलीले मालसमान मोटरसाइकल तथा तस्कर समेतलाई पक्राउ गरी आवश्यक कारबाहीकाका लागि बेस क्याम्पमा ल्याई राखेको स्थानीयले बताउँछन् सोही क्रममा बिओपी सरमुजवाका प्रमुख भोला श्रेष्ठसँग कुरा गर्दा आफूहरूले २ बोरा खुर्सानी मात्र पक्राउ गरी ल्याएको मानिस, मोसा आफूहरूले पक्राउ नगरेको बिओपी सरमुजवाका प्रमुख श्रेष्ठले स्वीकारेको हुन्। प्रहरी चौकी बंकुल र सशस्त्र प्रहरीको मिलेमतोमा बंकुल नाकाबाट व्यापक तस्करी भइरहेको स्थानीयले बताउँछन्।