रौतहट, १७ असोज । जिल्लाको सदरमुकाम गौर लगायतका क्षेत्र वर्षायाम र बाढी आएको बेलामा गैर प्राविधिक एवं पानी निकास नहुने गरी निर्माण गरिएको हुँदा यसबाट डुबान पर्न गएकोले छिटोछरितो पानी निकासको लागि लचका निर्माण गरिने भएको छ।
गौर नगरपालिका जिल्ला सबभन्दा तलो र लालबकैया,बागमती तथा भारतको बैरगनिया बाधले घेरिएको क्षेत्र हो।जहाँ वर्षाको पानी र बाढको पानी आउँदा निकासी हुन २/३ दिन सम्म लाग्ने गरेको सर्विददै छ। नगरपालिकाको प्रत्येक वडाहरूमा सडक निर्माण हुँदा खेरी साइफन(ह्युमपाईप ) लगाउने बाताबरण नरहेको बेला बाटो निर्माण भएपछि पानीको निकासमा अवरुद्ध हुने गएको हो। पहिला ह्युमपाईप सहित निर्माण भएका सडकमा सो ह्युमपाईप घरधनी, जग्गा धनीहरूले जाम गरिदिएको हुनाले डुबान पर्ने समस्याहरू देखापरेको हो।
डुबान क्षेत्र नबनोस् उद्देश्यले गौर नगरपालिका भित्र निर्माण गरिएका सबै सडकमा पायक ठाउँमा लचका निर्माण कार्य यही कार्तिक मसान्तदेखि सुरु गराइने मेयर शम्भु साहले नगरवासीहरूलाई अवगत बताए।