शुक्रबार १८ असोज, २०८१

नेपाली समय

खाद्यान्न र स्वास्थ्य टोली सहित बाराका मेयर सिंह रौतहटमा

खाद्यान्न र स्वास्थ्य टोली सहित बाराका मेयर सिंह रौतहटमा

रौतहट, १५ असोज । अविरल वर्षाका कारण आएको बाढीले उठिबास भएको पीडित परिवारलाई मंगलवार देखि निरन्तर रूपमा पीडितहरूको घरमा बस्ने  वातावरण हुँदैन तबसम्म बारा जिल्लाको पचरौता नगरपालिको मेयर जलन्धर सिंह कुर्मीको निर्देशनमा बिहान-बेलुका दैनिकी खाना पकाएर खुवाउने १५० जनाको टोली  सहितको शिविर रौतहटको राजदेबी नगरपालिका अन्तर्गत लक्ष्मीपुर बेलविछवामा संचालन रहने कुर्मीले गोठालो खवरलाई बताएका  छन् ।

मेयर कुर्मीले दुखको घडीमा आफूले सेवा गर्न सौभाग्य प्राप्त भएको बताए । यस विपद्को बेला  पीडित परिवारलाई गाँस, बास तथा कपासको अति आवश्यक रहेको हुनाले मंगलवार देखि बारा जिल्लाको पचरौता नगरपालिकाको सम्पूर्ण टोली बसेर खाना बनाई खुवाउने तथा बाढी प्रभावित क्षेत्रका पीडितहरूको स्वास्थ्यमा केही समस्या भएकालाई स्वास्थ्यकर्मीको टोलीले समेत चेकजाँच गर्ने मेयर कुर्मीले जनाए ।