मंगलबार २२ असोज, २०८१

नेपाली समय

ढुङ्गामुढा हुँदा प्रहरी र विधार्थी घायल; आर्थिक चलखेलकाे आधारमा मेयरले प्रअलाई सरूवा गरेकाे विधार्थीकाे आरोप

ढुङ्गामुढा हुँदा प्रहरी र विधार्थी घायल; आर्थिक चलखेलकाे आधारमा मेयरले प्रअलाई सरूवा गरेकाे विधार्थीकाे आरोप

रौटहट, ८ असाेज । प्रधानाध्यापककाे सरूवाकाे विषयलाई लिएर राैतहटकाे देवाहीगाेनाही नगरपालिकामा अवस्था तनावग्रस्त बनेको छ । करिब ३ घण्टा सम्म नगरपालिका तनावपूर्ण बनेको थियो । नगरप्रमुुख प्रेमलाल साहकाे विरूद्व विद्यार्थीहरू आक्रोशित बनेका थिए ।

देवाहीका मेयर साहले आफ्ना मनोमानी ढंगले एक विद्यालयको प्रधानाध्यापकको सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रेपछी सो नगरपालिकाको अवस्था तनावग्रस्त बन्न पुगेको थियोे ।

साे नगरपालिकाकाे वडा नम्बर ९ स्थित रहेको श्री जय किसान माध्यमिक विद्यालय धरहरिका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई अन्य बिधालयमा सरुवा गरेपछि उनीहरू आक्रोशित बनेका थिए ।

प्रअ प्रसादलाई श्री सरस्वती माध्यमिक विद्यालय देवाहीमा सरुवा गर्न लागेको भन्दै उक्त सरुवा रोक्नुपर्ने माग गर्दै विद्यार्थीहरू देवाही गोनाही नगरपालिका कार्यालय अगाडि टाएर बालेर बिरोध प्रदर्शन गरेका थिए ।

मेयर साहले आर्थिक चलखेलको आधारमा प्रधानाध्यापक गुप्तालाई अन्यत्र सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरुले निकै आक्रोशीत हुँदै विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

पालिकाले अनाधिकृत रूपमा प्रधानाध्यापक गुप्तालाई गर्न लागेको सरुवा रोक्नुपर्ने माग राख्दै सयौँको सङ्ख्यामा नगरपालिका अगाडि जम्मा भएका विद्यार्थीहरू प्रदर्शन गरेका थिए । जस कारण देवाही गोनाहीको अवस्था अहिले निकै तनावग्रस्त बनेको थियोे ।

नगरपालिका अगाडि ठूलो सङ्ख्यामा उपस्थित भएका नेपाल र सशस्त्र प्रहरीले भिडलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए । विद्यार्थीहरू उग्र हुन थालेपछि देवाहीगाेनाहीका नगर प्रमुख साह एक कदम पछाडि हटेका छन् । नगर शिक्षा समितिको बैठक स्थगित गराएका थिए ।

परिस्थितिलाई नियन्त्रणमा लिन अहिले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियोे ।