मंगलबार २२ असोज, २०८१

नेपाली समय

अत्यधिक गर्मीका कारण धमाधम बिद्यार्थीहरु बेहोस हुँदै

अत्यधिक गर्मीका कारण धमाधम बिद्यार्थीहरु बेहोस हुँदै

रौतहट, ७  असोज । रौतहटमा अत्यधिक गर्मीका कारणले  विद्यार्थीहरु धमाधम बेहोस हुन थालेका छन् । सोमबार धेरै जसो विद्यालयहरूमा गर्मीका कारण बिद्यार्थीहरु बेहोस भएको हो ।

यस्तै जिल्लाको मौलापुर नगरपालिका स्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा सोमबार ४ जना छात्रछात्राहरू बेहोस भएका थिए । श्री माध्यमिक विद्यालय पथराका प्रधानाध्यापकका अनुसार कक्षा ६ का नब्या साह, कक्षा ७ का अर्चना साह, कक्षा ९ का अरविन्द साह र कक्षा १० का निधि गुप्ता अत्याधिक गर्मीका कारण कक्षाकोठामा बेहोस भएका जनाएको हो ।

बेहोस भएका ती चार जना छात्रछात्राहरूलाई उपचारका लागि राजदेवी नगरपालिकाको एम्बुलेन्समा प्रादेशिक अस्पताल गौर लगिएको विद्यालयको प्रधानाध्यापकले बताएका थिए। सो विद्यालयमा आइतबार पनि २ जना विद्यार्थी बेहोस भएका थिए । गर्मीबाट बिद्यार्थीहरुलाइ सुरक्षित राख्नका लागि विद्यालयमा चिसो पानीको व्यवस्थाका साथै विद्यालय सञ्चालनको समय पनि १० बजे हटाएर बिहानको ६:३0  बजे गरेको उनले बताएका छन् ।

यस्तै चन्द्रपुर नगरपालिकाले यो समस्यालाई जटिल समस्याको रूपमा लिँदै क्षेत्र भित्रका सबै विद्यालयहरूलाई अगामी ८ गतेदेखि १६ गतेसम्मका लागि विद्यालय सञ्चालनका समस्या ६ बजेदेखि गरेका छन् ।

साथै देवाही गोनाही नगरपालिकाका बिधालयहरुले पनि विद्यालय सञ्चालनको समय बिहानदेखि नै गरेको श्री माध्यमिक विद्यालय कर्कच गूठीका प्रधानाध्यापक पवन पंन्डितले बताए।

साथै रौतहटको शिक्षा शाखा प्रमुख राम विनय सिंहले सबै बिधालयलाई केहिदिन अत्याधुनिक गर्मी रहेका कारण विद्यालय संचालन सबै व्यवस्था गरेर गर्न आग्रह गरेका छन् ।

असहज भएमा विद्यालयमा बिदा दिन समेत आदेश दिएको बताएका छन् ।