शनिबार २६ असोज, २०८१

नेपाली समय

क्षति भए पनि गाजा युद्ध जारी राख्न ‘उच्च क्षमता’ छ– हमास अधिकारी

क्षति भए पनि गाजा युद्ध जारी राख्न ‘उच्च क्षमता’ छ– हमास अधिकारी

इस्तानबुल, ३० भदौ । हमासका वरिष्ठ अधिकारीले आइतबार गाजामा ११ महिनाभन्दा लामो युद्धमा क्षति भए पनि प्यालेस्टिनी इस्लामिक आन्दोलनसँग इजरायलसँग लड्न जारी राख्न पर्याप्त स्रोतहरू भएको बताएका छन् ।

“प्रतिरोध जारी राख्ने क्षमता उच्च छ”, ओसामा हमदानले इस्तानबुलमा एक अन्तरवार्तामा भन्नुभयो, “त्यहाँ सहिद थिए, बलिदान थियो तर बदलामा अनुभवहरूको सञ्चय भएको छ र प्रतिरोधमा नयाँ पुस्ताको भर्ती भएको छ ।”

इजरायली रक्षामन्त्री योभ ग्यालेन्टले पत्रकारहरूलाई अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्ने हमास गाजामा सैन्य सङ्गठनका रूपमा ‘अब अस्तित्वमा छैन’ भनेको एक साताभन्दा पनि कम समयमा हमदानको उक्त टिप्पणी आएको हो ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी कैदीहरूको बदलामा हमासले बन्दी बनाएका बन्धकहरूलाई रिहा गर्ने सम्झौता गर्न बढ्दो घरेलु दबाबको सामना गर्नुभएको छ । 

यसै महिना इजरायलले गाजामा एक सुरुङमा हमासले ‘मृत्युदण्ड’ दिएका छ बन्धकको शव फेला पारेको घोषणा गरेपछि इजरायलमा शोक र क्रोधलाई बढायो भने जेरुसेलम र तेल अभिवमा छोटो तर ठूलो आम हडताल आह्वान भयो ।

तर अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले महिनौँसम्म जारी वार्ता स्पष्ट रूपमा रोकियो । आइतबार अन्तरवार्तामा हमदानले इजरायलको सबैभन्दा महत्त्वपूर्ण सैन्य समर्थक अमेरिकाले रक्तपात अन्त्य हुनेगरी नेतान्याहुबाट स्वीकृति लिने प्रयास नगरेको बताउनुभयो ।

“अमेरिकी प्रशासनले इजरायली पक्षमाथि पर्याप्त वा उचित दबाब दिँदैन”, उहाँले भन्नुभयो, “बरु उसले इजरायली पक्षको कुनै पनि प्रतिबद्धतालाई बेवास्ता गरेको औचित्य साबित गर्न प्रयास गरिरहेको छ ।