परासी, ३० भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले सरकारी निकायको कमी कमजोरीले गर्दा उद्योग व्यवसाय समस्या परेको बताएका छन् । उनले सरकारले उद्योग व्यवसायलाई गर्नुपर्ने कार्य नगरेकोले उद्योग व्यवसाय समस्या भएको बताएका हुन् ।
आज नवलपरासी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको उत्तिको प्रमाणपत्र जारी भएको व्यवस्था भन्सार राजश्व लगायतको विषयमा अन्तरक्रिया कार्यक्रम सम्बोधन गदै वैद्यले आयत भन्दा निर्यात ध्यान पुर्याउन पर्नेमा सबै उद्योगहरूलाई आग्रह गरे । उद्योग व्यवसायको समस्या समाधानका लागि राज्यसँग पुर्याउने यसको समाधानको लागि सरकारसँग माग गदै आएको बताए । अहिले उद्योग व्यवसाय धराशायी भएकोले यसलाई कसरी अगाडि बढाउने र उद्योग व्यवसाय धराशायी चलायमान बनाउने सरकारले नीति ल्याउनु पर्ने वैद्यको तर्क छ । अहिले अवस्थामा उद्योग चलाउने भारतबाट युवाहरूलाई कामदारले काम गरिरहेकोले आफ्नै देशका युवाहरूलाई उद्यमशील बनाउन खालको कार्यक्रम सरकारले ल्याउनुपर्ने आवश्यक रहेको उनको भनाई थियो । युवाहरूलाई विदेश जान नदिन र युवाहरूलाई उधम गर्न कर्जा दिनुपर्ने सरकार दायित्व भएको बताए । यस्तो गरेममात्रा आफ्नै देशमा स्थापित हुने वैद्यले बताए । उनले कार्यक्रम जिल्लाका उद्योग व्यवसायीले भोग्दै आएको समस्याहरू बारे जानकारी गराएका थिए ।
नवलपरासी उद्योग वाणिज्य सङ्घ परासीका कार्यवाहक अध्यक्ष नगेन्द्र अग्रहरीको अध्यक्षयता भएको अन्तर्क्रिया नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारी, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य केशव भण्डारी उद्योग वाणिज्य सङ्घका उद्योग उपाध्यक्ष गिरीराज पाण्डेय संघकी महासचिव तारा आचार्य लगायतले जिल्लाका उद्योग व्यवसायको समस्या लयागतबारेमा जानकारी गराएका थिए ।