परासी २९ भदौ । उपराष्ट्रपति रामसहाय यादवले सामाजिक सदभाव धार्मिक सहिष्णुता विबिधाता सहित धर्म संस्कृति संरक्षण गदै जान आजको आवश्यकता रहेको बताए । आज पश्चिम नवलपरासीको सदरमुकाममा ओल्मा काउन्सिल नेपाल १४९९ औ मोहम्मद जयन्तीको अवसरमा राष्ट्रिय एकता एवं पैगामे अमत सम्मेलनलाई सम्बोधन गदै उपराष्ट्रपति यादवे यो सम्मेलनले विभिन्न धर्म बिचको आपसी सदभाव समझदारी र सम्मान अभिबृद्धि गर्न सघाउने बताएका हुन् ।
सबै धर्मको सम्मान कायम राख्न सदभाव कायम गर्नुपर्ने जोड दिँदै समृद्धि संस्कृति विविध आत्मासाथ गदै मुलूकको सदभाव, भाईचारा, मेलमिलाप कायम गरी शान्ति कायम गरी देशको विकासमा फड्को मार्ने बिश्वास व्यक्त गरेका थिए । सामाजिक एकता धार्मिक सहिष्णुताले समाज परिवर्तन गर्ने बताउँदै आ-आफ्नो ठाउँबाट धार्मिक सदभाव कायम गर्न जरुरी रहेको बताए ।
उनले भने, "सबै धर्मलाई समान रूपमा आपसी सदभावको सिद्दान्तलाई अंगीकार गरेर अगाडी बढ्नुपर्छ । अ-आफ्नो धर्मभन्दा माथि उठी अन्तर धार्मिक संवाद सामाजिक कार्यमा र धार्मिक उत्सवहरू सक्रिय सहभागिता जनाउ र अन्तरबुलन्द बनाउनुप पर्छ । सबै धार्मिक गुरुहरूको यो सम्मेलनमा एक हिसाबले सामाजिक कार्य र धार्मिक कार्यले गर्दा समाज निर्माण मदत मुलुकमा शान्ति अमनचयन कार्यमा सघाउने कार्य हो ।"
नेपालको संविधानले पनि सबै जातजाति धर्म संस्कृत रक्षा गर्न अंगीकार गरेकोले सबै क्षेत्र यसलाई जोगाउन लग्नुपर्ने जोड दिए । यहाँ रहेका रामग्राम स्तूपको संरक्षण विकास सबैले चासो लिन आवश्यक रहेको बताउँदै यस ऐतिहासिक सबै धर्म संरक्षण गदै प्रचारप्रसार गर्न जरुरी रहेको उपराष्ट्रपति यादवले बताए । विश्वमा नेपाललाई धार्मिक सद्भावको नमुनाको रुपमा चिनिएको बताउँदै सबै आस्था र धर्मको सकारात्मक पक्षलाई एकअर्काले आत्मसाथ गरेर अगाडी बढनुपर्ने बताए । सत्यको पालन गर्नु र ईमान्दारीका साथ जीवन निर्वाह गर्नु, सामाजिक सेवा जस्ता सिद्धान्त विभिन्न धर्ममा फरक–फरक रूपमा पाए पनि सबैको मूल उद्देश्य र मर्म मानवता, सहिष्णुता र समानता रहेको उल्लेख गरे ।
१४९९ औ मोहम्मद जयन्तीको अवसर पारेर हिन्दु, ईस्लाम, बौद्ध, क्रिस्टियन लगायतका धर्मगुरु सहभागी सम्मेलनमा देशभरबाट प्रतिनिधि सहभागी भएको आयोजक ओलमा काउन्सिल नेपालका अध्यक्ष सैयद गुलाम हुसैन मियाले बताए । सम्मेलनमा सहभागी धार्मिक गुरुहरूले एक धर्मले अर्को धर्मलाई सम्मान र भाइचाराको रूपमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सम्मेलनमा हिन्दु सनातन धर्म गुरु, ईसाई धर्म गुरु, मुस्लीम धर्म गुरुहरूको सहभागिता रहेको थियो ।