शनिबार २६ असोज, २०८१

नेपाली समय

रा.प्र.वि.सं.को अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण: 'सङ्गठनबाट बिद्यार्थीहरु पलायन हुँदै जाने परिस्थिति सिर्जना भयो'

रा.प्र.वि.सं.को अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण: 'सङ्गठनबाट बिद्यार्थीहरु पलायन हुँदै जाने परिस्थिति सिर्जना भयो'

काठमाडौँ, २७ भदौ । हालै सम्पन्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (रा.प्र. वि. सं.)को भेलाले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई ध्यानाकर्षण गरेको छ । सङ्गठनले १८ महिना बितिसक्दा समेत संयोजकले महाधिवेशनको लागि कुनै पनि कार्य नगरेको र सङ्गठनबाट विद्यार्थीहरु पलायन हुँदै जाने परिस्थिति सिर्जना भएको लगायतका माग राख्दै ध्यानाकर्षण गराएको हो ।

गत वर्षको राष्ट्रिय भेलाले ६ महिनाभित्र महाधिवेशन गर्ने गरी संयोजक नियुक्त गरेको भएता पनि १८ महिना बितिसक्दा समेत संयोजकले महाधिवेशनको लागि कुनै काम नगरेका ध्यानाकर्षण पत्रमा उल्लेख छ । संयोजकले महाधिवेशनको तयारी मात्र नभएर एउटा बैठक पनि नगरेको तथा महाधिवेशन आयोजक समिति समेत संगठन हुन नसकेको पत्रमा उल्लेख छ । 

ध्यानाकर्षण पत्रमा भनिएको छ, "सङ्गठन कुनै  बिधिबिधानमा नचलेको, कुनै माईन्युट तथा दर्ता चलानी नभएको, सङ्गठनको कुनै कार्यालय सञ्चालन सम्बन्धी सामान्य संरचना समेत नभएको र कार्यदिशा समेत स्पष्ट नभएको अवस्था छ । हाम्रो सङ्गठनको बिचारप्रति सकारात्मक विद्यार्थीहरु समेतले सम्पर्क गर्न कुनै ठाउँ र व्यक्ति समेत नभएको र हामीसँग रहेका साथीहरूलाई समेत परिचालन गर्न नसकेको हुँदा सङ्गठनबाट विद्यार्थीहरु पलायन हुँदै जाने परिस्थिति सिर्जना भएको छ । बिगत लामो समयअघिदेखि सङ्गठनमा क्रियाशील रहेर योगदान गरेका साथीहरू छिन्नभिन्न हुँदै गई सङ्गठनको अस्तित्व नै धरापमा पर्दै गएकोले हामी सङ्गठन र पार्टीको योजनालाई आत्मसाथ गर्दै सङ्गठनलाई उचाईमा पु¥याउनलाग्ने साथीहरू भेलाभई सङ्गठनलाई पुनर्जीवन प्रदान गरी सङ्गठनको लक्ष्य हासिल गर्न एकजुट भएका छौँ । हामी साङ्गठनिक पुनर्संरचना र गतिशीलता बढाउन एकजुट भई अघि बढ्ने प्रतिबद्धताका साथ मैदानमा खडा भएका छौँ ।"

त्रिभुवन विश्व विद्यालयको २०७९ को स्वतन्त्र विधार्थी युनियनको निर्वाचनमा त्रिभुवन विश्व विद्यालय लगायत देशभरिका अधिकांश क्याम्पसहरूमा उम्मेदवार खडा नगरेको सङ्गठनको अस्तित्व नै खतारामा पु¥याएको आरोप छ । सो निर्वाचनमा आ–आफ्नै बलबुताले उम्मेदवारी दिएका र विजयी भएकाहरू समेत सङ्गठनसँग सम्पर्क हुन नसकेको तथा सङ्गठनको झण्डा र लेटरहेड समेत नपाएको गुनासो छ ।

पुनः स्वतन्त्र विधार्थी युनियनको निर्वाचन घोषणा भइसकेको र उक्त चुनावमा पनि सङ्गठनको प्रतिनिधित्व सुनिश्चितता गर्नको लागि भूमिका सङ्गठनले गर्न सक्ने कुनै वातावरण नभएको र संयोजकले संयोजनकारी भूमिका निर्वाह गर्न नसकेको रा.प.्रवि.सं.को भनाई छ । बनेको साङ्गठनिक संरचनासमेत छिन्नभिन्न हुँदै गएका भन्दै सङ्गठनको उपत्यकाका कुनै पनि क्याम्पस तथा कुनै पनि जिल्लामा सङ्गठनको संरचना नभएको रा.प्र.वि.सं.को ध्यानाकर्षण पत्रमा उल्लेख छ ।