शनिबार २६ असोज, २०८१

नेपाली समय

पत्रकार ढुङ्गानालाई होटल ब्यब्सायीद्वारा गाली गलाैज

पत्रकार ढुङ्गानालाई होटल ब्यब्सायीद्वारा गाली गलाैज

रौतहट, २२ भदौ । काेल्हबी न्युजका सञ्चालक तथा बारा जिल्लाका चर्चित  पत्रकार अशेष ढुङ्गानालाई कोल्हविको नेवारी खाजा घर एण्ड लजका संन्चालक सन्जिब श्रेष्ठले आफ्नै मोबाइल मार्फत आफूले होटलको विषयमा प्रहरीलाई जानकारी गराएको भन्दै मान्छे लगाएर  गाली गलाैज र धाकधम्की  दिएका छन् ।

बिहीबार रातीको समयमा   करिब १ बजेर ३८ मिनेटमा ९८२१८९३४९० नम्बरको माेबाईलबाट फोन गरी अशेष ढुङ्गाना बोल्दै हुनुहुन्छ भन्दै नेवारी खाजा घरको बारेमा केही गलत सूचना इलाका प्रहरी कार्यालयमा  दिएको भन्दै पत्रकार ढुङ्गानालाई पारिवारिक समयमा  नानाथरीका गाली गलाैज गरेको हो। पत्रकार नेपालको चौथो अङ्ग हुँदा पनि यसरी फोन मार्फत डर त्रास देखाउनु जो व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुनी उपचार गर्नु एकदमै जरुरी देखिन्छ ।

पत्रकारलाई गाली गलाैज र धाकधम्की देखाउनु प्रेस स्वतन्त्रता माथिको हनन भएको प्रष्ट देखिन्छ । यसै घटनाको बारेमा शान्ति सुरक्षाको लागि आज पत्रकार ढुङ्गानाले इलाका प्रहरी कार्यालय काेल्हबीमा निवेदन दिएका छन् । आफू र आफ्नो परिवारजनलाई शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनसँग आग्रह समेत गरेका छन् ।

साथै दोषी जुनसुकै व्यक्ति र त्यसमा संलग्न रहेका सबै लाई कानुनी दायरामा ल्याई कडाभन्दा कार्यवाहीका लागि सम्बन्धित निकाय सँग पीडित पत्रकार ढुङ्गानाले आग्रह गरेका हुन् ।

उता बारा प्रहरी प्रमुख महेन्द्र खड्काले यस विषयमा जानकारी गराउँदा पहिला ई.प्र.का कोल्हविमा लिखित उजुरी गर्नुस् अनि कारबाही प्रकृया अघि बढाउने जानकारी दिए ।