शुक्रबार ०४ असोज, २०८१

नेपाली समय

श्रोत नखुलेको ४ लाख रकम सहित एक जना पक्राउ

श्रोत नखुलेको ४ लाख रकम सहित एक जना पक्राउ

रौतहट, १९ भदौ । जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं १ स्थित श्रोत नखुलेको ४ लाख रुपैयाँ सहित पक्राउ परेको छ। बिहान करिब १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरू समेतलाई चेकजाँच गर्ने क्रममा नेपाल भारत सिमाना नजिक दक्षिण भारततर्फबाट उत्तर नेपालको गौर बजारतर्फ पैदल हिँडी आउँदै गरेको भारत बिहार राज्यको सितामढी जिल्ला थाना बैरगनिया वडा नं. ११ का कृष्ण कुमारको छोरा अंदाजी वर्ष १८ को सत्यम भन्ने अनिकेत राज पक्राउ परेको हो ।

चेकजाच गर्ने क्रममा उनी माथि शंका लागिपछि चेकजाँच गर्दा दाहिने पट्टीको पिँडुला फुटबल खेल्दा घुँडामा लगाउने एन्कलेटले बाँधी राखेको ५०० दरको नेपाली नोट रु. ५० हजार सोही खुट्टामा लगाएको जुता भित्र १०००दरको नेपाली नोट रु एक लाख पचास हजार र बाँया पिडुलमा एन्कलेटले बाँधी राखेको ५०० दरको नेपाली नोट रु. पचास हजार सोही खुट्टामा लगाएको जुताभित्र १००० दरको नेपाली नोट रु एक लाख पचास हजार गरी जम्मा नेपाली रुपैयाँ रु,चार लाख र दाहिने पट्टीको अगाडीको खल्तीबाट सामसङ कम्पनीको स्क्रिनटच मोबाइल थान-१ समेत लुकाई छिपाई राखी ल्याएको अवस्थामा फेला परेको प्रहरी कार्यालय रौतहटले विज्ञप्ति मार्फत जनकारी गराएका छन् ।