शुक्रबार ०४ असोज, २०८१

नेपाली समय

आँखा सम्बन्धी यू ट्यूब क्यूज कन्टेष्टको नतिजा सार्वजनिक

आँखा सम्बन्धी यू ट्यूब क्यूज कन्टेष्टको नतिजा सार्वजनिक

रौतहट, १५ भदौ । आम मानिसहरूलाई आँखाको दिव्य ज्योतीलाई सुरक्षित राख्न तथा त्यस बारे यथेष्ट जानकारी राखी आफ्नो अमूल्य आँखाको सुरक्षा कसरी राख्न सकिन्छ भने जनचेतनामूलक क्यूज प्रतियोगिता यू ट्यूवको सफलतापूर्वक आयोजना गरेर सम्पन्न गरिएको छ । परोहा नगरपालिकाको स्वास्थ्य शाखा र तराई टप अनलाइनको आयोजनामा पहिलो पटक “हाम्रो जिम्मेवारी आँखाको सबैको साझेदारी” मूल नाराका साथ संचालन गरिएको सर्ट भिडियो अनलाइन यू ट्यूब खुला प्रतियोगिताको नतीजा प्रकाशन गरिएका छन् ।

मूल आयोजक समितिले प्रकाशित गरेको नतीजा अनुसार रौतहट जिल्ला राजदेवी नगरपालिका वडा नम्बर ९ का हाल नेपाल डिजिटल एजुकेशन प्राली बीरगञ्जमा अध्ययनरत मानसी सिंह प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् । पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ घर भई त्रिजुद्ध महादेव प्रसाद रघुविर राम टेक्नोलोजी सेकेन्डरी स्कुल वीरगञ्जमा अध्ययनरत प्रकाशकमार राउत दोस्रो स्थान प्राप्त गरेको छ । महोत्तरी जिल्ला मनरा सिसवा नगरपालिका वडा नम्बर २ भोलही घर भई  मोनास्टिक इन्टरनेशनल एकेडेमी जनकपुरधाममा अध्ययनरत आर्या पाण्डे तेश्रो स्थान हासिल गरेकी छिन् ।

यस्तै मोनास्टिक इन्टरनेशनल एकेडेमी गौर रौतहटका समूहगत भिडियो चौथो र महर्षि बालमिकि आवसिय माध्यमिक विद्यालय गौरका अनिशा कुमारी यादव पाँचौँ स्थान प्राप्त गरेकी छिन् । दुवै जनालाई सान्त्वना पुरस्कार दिइने आयोजक समितिले जनाएको हो ।

आँखालाई कसरी सुरक्षित राख्ने सम्बन्धी जनचेतना मूलक सर्ट भिडियो अनलाइन यू ट्यूब प्रतियोगिताका लागि २७६ भिडियो प्राप्त भएको थियो । जसमा भिडियोहरूको बढी भिउवर भएका आधारमा नतिजा प्रकाशन गरिएको आयोजक समितिका पदाधिकारी एवं गौर आँखा अस्पताल कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।

प्रथम, दोश्रोत र तेश्रोलाई क्रमशः ५१ सय, २१ सय, ११ सय नगद वा सो बराबरको शैक्षिक सामग्री उपहार दिइने छ तथा चौथो र पाँचौँलाई सान्त्वना पुरस्कार स्वरुप जनही ११ सय नगद पुरस्कार दिइने उनले भने । २२ जना प्रतियोगीलाई एक सयको रिचार्ज कार्ड सम्मान स्वरुप दिइने बताए

परोहा नगरपालिका र तराई टप अनलाइनले गत साउन ८ गते सूचना प्रकाशन गरी भदौ ७ गते बेलुका ५ बजे सम्म आँखा स्वास्थ्य सम्बन्धी जनचेतन मूलक छोटो भिडियो पठाउनु पर्ने जानकारी गराएका थिए । सो अनुसार भदौ ७ गते बेलुका ५ बजे सम्म प्राप्त भएको २७६ वटा भिडियोलाई भदौ ८ गते बिहान ८ बजे यू ट्यूबमा अपलोड गरिएको थियो ।

अपलोड गरिएको भिडियोलाई भदौ १४ गते राती १२ बजे सम्म प्राप्त भएको भिउवरको आधारमा नतिजा प्रकाशन गरिएको जानकारी संयोजक पाण्डेले दिए । चौथो र पाँचौँ स्थान प्राप्त गर्नेलाई नेपाल नेत्र ज्योती सँघ गौर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार सिंहबाट प्रदान गरिने जानकारी गराए ।

यसका साथै सञ्चार क्षेत्रमा सहयोग गर्ने दुई जना सञ्चारकर्मी सत्येन्द्र प्रताप सिंह तथा दिलिप पाण्डेलाई सम्मान गरिने उनले बताए ।