शुक्रबार ०४ असोज, २०८१

नेपाली समय

मुद्दा र जाहेरी दिएर रौतहटका पत्रकार थर्काउँदै गौर अस्पतालका अध्यक्ष हासमी

मुद्दा र जाहेरी दिएर रौतहटका पत्रकार थर्काउँदै गौर अस्पतालका अध्यक्ष हासमी

रौतहट, ३० साउन । प्रादेशिक अस्पताल  गौरका अध्यक्ष अनवर हासमी अस्पतालको बेथिति, विकृति, अनियमितता र भ्रष्टाचार बारे लेख्ने रौतहटको पत्रकारलाई थर्काउन र डर त्रास देखाउन थालेका छन् ।

अस्पताल विकास समितिको सदस्यहरूको सहमति बिना अध्यक्ष हासमीले मनलाग्दि निर्णय गरी प्रादेशिक गौर अस्पतालमा भ्रष्टाचार ,अनियमितता र मनमौजी गरेपछि समाचार सम्प्रषणमा उत्रिएका पत्रकारहरू माथि मुद्दा  मामिला र जाहेरी दिई हप्काउन थालेका हुन् ।

भिडिओ एक्स-रे, ईसिजी, फिजियो थेरापी सेवा निजी स्वार्थ र कमिसनका कारण जानी -जानी बन्द गरी निजी अस्पताल पठाउने गैर- कानुनी कार्य जारी राख्नाले गरिब बिरामीलाई चर्को शुल्क तिर्न बाध्य हुनुको साथै र उपचारबाट वञ्चित छन् ।

स्थानीयका अनुसार अस्पतालमा खरिद गरिएको शव गृहको फ्रिज देखि विभिन्न उपकरणमा भ्रष्टाचार भएको छ । विभिन्न भवन निर्माण, टाईल्स, मार्बल फिटिङ्ग, रङगरोगन , औषधि  खरिद ,न्यानो झोला खरिद लगायतको काममा गोप्य टेन्डर गरी अनियमितता भएको आरोप छ ।

मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुर  समयमा आउदैनन् । ईमरजेन्सि फाटमा डाक्टर बस्दैनन्, अस्पतालको चर्पि, धारा लगायत फोहोर नै फोहोर छ । पानीको राम्रो प्रबन्ध छैन, स्विपर लगायतले आफ्नो काम नगरी घर मै सुतेर तलब बुझ्ने स्थानीय निशान्त सिंहको  गुनासो रहेको छ।

सोही अनियमितता र भ्रष्टाचारको विषय बस्तु समेटेर  नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेम चन्द्र झा, स-सचिव संजय सहनी, गोठालो खबरका रौतहट प्रतिनिधि सत्येन्द्र सिंह,सर्लाहीका पत्रकार जितेश यादव लगायत दर्जनौँ पत्रकारले समाचार सम्प्रेषण गरेका थिए। आफूले गरेको भ्रष्टाचार र अनियमितता उजागर हुन थालेपछि प्रदेश सरकारले आफूलाई कारबाही गर्ने डरले त्रसित अध्यक्ष हासमी विभिन्न लोभ देखाई पत्रकारको मुख बन्द गर्ने प्रयास गरे । सो प्रयास विफल भएपछि अध्यक्ष हासमीले पत्रकारलाई थर्काउन, डराउन सोमबार जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएको खुलेको छ।

हासमीले नेपाल पत्रकार महासंघका स-सचिव संजय सहनी ,गोठालो खबरका रौतहट प्रतिनिधि सतेन्द्र सिंह,सर्लाहीका पत्रकार जितेश यादवलाई रौतहट प्रहरीले छलफलमा बोलाएपछि उजुरी बारे पोल खोलेको हो।छलफलको सामना गर्दै  रौतहटको पत्रकारहरूले यथार्थ कुरा लेख्ने पत्रकार माथि परेको उजुरीले आफूहरू न डराउने र अस्पतालमा देखिएको भ्रष्टाचार बेतिथिको बारे सशक्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अर्को तिर अस्पतालमा भ्रष्टाचार नभएकोले अस्पतालमा भएको अनियमितताको बारे कलम चलाउनेलाई नछाड्ने धम्की दिँदै अध्यक्ष हासमीले  पत्रकार माथि ठुलो मुद्दा र उजुरी दिने भनेर थर्काउँदै छलफल बाट बाहिरिएका थिए।

यो विषयमा अर्को मितिमा छलफल हुने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।