शुक्रबार ०४ असोज, २०८१

नेपाली समय

खगेन्द्र सुनारलाई तत्काल रिहा गर्न  "संयुक्त नागरिक पार्टी " को माग

खगेन्द्र सुनारलाई तत्काल रिहा गर्न  "संयुक्त नागरिक पार्टी " को माग

काठमाडौँ, २९, साउन । दलितका लागि दलित आन्दोलन, नेपालका संयोजक खगेन्द्र सुनार पक्राउ परेका छन्। सुनार "दलितलाई खोई ?" भन्ने नाराका साथ विगत एक हप्तादेखि धर्नामा बसेका थिए। बानेश्वर स्थित निषेधित क्षेत्र तोडेको आरोपमा सुनार पक्राउ परेका हुन्।

केपी ओली नेतृत्वको सरकारमा दलित सहभागिता शून्य गराइएको, दलित समुदायमाथि भइरहेको अन्याय, अत्याचार,अन्तरजातीय विवाह गरेकै कारण दलितहरू मारिनु परेको र दलित समुदायले न्याय नपाएकोले न्यायका निम्ति खबरदारी गर्दै " दलितलाई खै ?" भन्ने  गम्भीर प्रश्न सहित हात-खुट्टा तथा घाँटीमा साङ्ला बाँधेर उनि काठमाडौँको माइतीघर मण्डलामा विगत एक हप्तादेखि धर्नामा बस्दै आएका थिए। यसैक्रममा प्रहरीली आज निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको भनी नियत्रणमा लिएको घटनाप्रति उनको रिहाईको माग गर्दै" संयुक्त नागरिक पार्टी " ले प्रेस विज्ञप्ति जारी गरेको छ। 

पार्टीका अध्यक्ष दलमर्दन कामी र महासचिव प्रेम बहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ "शान्तिपूर्ण धर्ना बसेका संवैधानिक तथा कानुनी हक कार्यान्वयनको माग गरिरहेका खगेन्द्र सुनारलाई तत्काल बिनासर्त रिहा गरी निजले उठान गरेका दलित समुदायको हकहितसम्बन्धी कानुनबमोजिमका माग अविलम्ब सम्बोधन गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ । अन्यथा चरणबद्ध आन्दोलनका कार्यक्रमहरू अघि बढाइने ब्यहोरा अवगत गराउँदागराउँदै।"