शुक्रबार ०४ असोज, २०८१

नेपाली समय

बसले ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु

बसले ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु

रौतहट, २१ साउन।  रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ जिगडिया चोक स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डमा बस र मोटर साइकल एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ।

चन्द्रनिगाहपुर देखी गौर तर्फ आउँदै गरेको ना ७ ख १५२० नम्बरको यात्रु बाहक बसले विपरीत दिशाबाट आउँदै गरेको बि आर ३० जेड ३०१६ मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको हो।

दुर्घटनामा परि गम्भीर रूपमा घाइते भएका मोटर साइकल चालक गरुडा नगरपालिका वडा नम्बर ७ पिपरिया निवासी रामचन्द्र राउतको छोरा ४० बार्षिय आश नारायण पटेललाई उपचारको लागि ग्राण्डी होस्पिटलमा पठाउदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

बस स्टेरिंग फेल भएको अवस्थामा घटना स्थलमा फेला परेको तथा चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।