सूर्यको राप बढ्दै थियो,
लोक सबै व्यस्त थिए
मनको तरङ्ग छचल्किँदै
आलिङ्गनको आतुरतामा
दुइटा मुटुको चाल बढ्दै थियो
अनायासको दृश्यमा
विद्युतीय तरङ्गले
अर्धचेतमा सिँढीको बीच
एउटा मुटु ढलेछ ।
सारा स्वर्णिम सपना
हृदयाग्निमा जलेर
तत्काल राख भएछ ।
उ टुहुरो बनेछ
कसलाई के थाहा ?
क्षणमै प्रलयको
सबै हुने हुन्
परिणाम कर्मको
मुटु चुँडिएपछि, कसरी बाँच्छ होला
हृदय बिना
शेष लास....लास मात्र
पुराना पानालाई
एकएक गरी एकान्तमा
पल्टाउन खोज्दा
उमङ्ग विभोरले अङ्ग अङ्ग रोमाञ्चित
कपोर झैं गगनमा
मनको तरङ्गले उडान भरिरहँदा
मानौं जन्नत यहीँ छ ।
कल्पनाको संसारको
तरंगीत मनमा
एकादेशको कथा भएछ ।
- हर्ष थापा
दारिम्बोट पनौती – २ काभ्रे
हाल महालक्ष्मी –१, इमाडोल ललितपुर