परासी, १९ साउन । पश्चिम नवलपरासीमा ट्राफिक प्रहरीले एक करोड ७८ लाख ६२ हजार राजश्व उठाएको छ । ट्राफिक प्रहरीले सवारीसाधन कारबाही गरी २०८० साउन देखी २०८१ असारसम्म एक करोड ७८ लाख ६२ हजार राजश्व उठाएको हो ।
ट्राफिक प्रहरीले २०८० साउन देखी २०८१ असारसम्म २४ हजार चार २० वटा सवारी सधानलाई कारबाही गरी उक्त राजश्व उठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रमुख राजु खत्रीले जानकारी दिए ।
गतबर्ष २०७९।८० चैत्रसम्म एक करोड ६८ लाख ८२ हजार पाँच सय रहेकोमा यसबर्ष २०८० साउन देखी २०८१ असारसम्म एक करोड ७८ लाख ६२ हजार राजश्व उठाइएको प्रमुख खत्रीले बताए । उनको अनुसार यसरी हेर्दा यस आ. व. मा गत वर्ष २०७९।८०को तुलनामा यस वर्ष आ. व. मा ५.८० प्रतिशत दर राजश्वमा वृद्धि भएको बताए ।
जिल्लामा २०८० साउन देखी २०८१ असारसम्म मा प.से ८४ वटा सवारीसाधन कारबाही परेको र कारबाहीबाट ८४ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म ९० वटा सवारीसाधन दुर्घटना भएको र दुर्घटनाबाट ३० जनाको मृत्यु तथा एक सय ३७ जना घाइते भएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म १८ सय ६८जिल्लाका विभिन्न स्थानमा ट्राफिक सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेकोमा त्यसबाट ५४ हजार २ सय ६६ जना लाभान्वित भएको ट्राफिक प्रहरीले जनाएको छ ।