बिहीबार ०१ फागुन, २०८१

नेपाली समय

गौरका ट्राफिकलाई जनही रिक्सा तथा टेम्पुले हजार रुपैयाँ दिँदा ब्लुबुक, लाइसेन्स चाहिँदैन

गौरका ट्राफिकलाई जनही रिक्सा तथा टेम्पुले हजार रुपैयाँ दिँदा ब्लुबुक, लाइसेन्स चाहिँदैन

रौतहट, १६ साउन । जिल्लाको सदरमुकाम गौरमा सञ्चालित इ रिक्सा तथा टेम्पूको लापरबाहीका कारण सर्वसाधारण मारमा परेका छन्। बुधवार  बिहान करिब १० बजेको समयमा ब्यारेकफिल्ड स्थित टेम्पू तथा इ रिक्सा जथाभाबी पार्किङ गरी गौर बैरगनिया आवतजावत गर्ने पैदल यात्रु तथा मो.सा. चालक समेतलाई जताततै पार्किङ गरी बाटो समेत अवरुद्ध पारेका यात्रुहरू बताउँछन्।

सदरमुकाम देखि विभिन्न ठाउँ सम्म आवतजावत गर्ने इ रिक्सा तथा टेम्पूको चालकसँग चालक अनुमतिपत्र एवं ब्लु बुक समेत न रहेको टेम्पू तथा इ रिक्सा यात्रु बोकी जिल्लाका ठाउँ ठाउँमा पुग्ने गरेका छन् भनि गौर ट्राफिककको ध्यान भएको अवस्था देखिएको छैन ।

गौर ट्राफिक प्रहरी नायब निरीक्षक संदिप कुमार जयसवाललाई पटक पटक सञ्चारकर्मीले फोन गर्दा बेसस्ता गरेको हो। मोटरसाइकल चालकको ब्लु बुक तथा चालक अनुमतिपत्र चेक गरिन्छ आखिर नियम सबैलाई लाग्छ। सानालाई ऐन ठुलालाई चैन भनेको हाम्रो नेपालमा राणा शासन अहिले पनि यथावत रहेको एक जना पैदल यात्रुले सञ्चारकर्मी सँग गुनासो गरेका हुन् ।

करोना काल देखि बन्द रहेको भारतीय नम्बरको टेम्पू यात्रु बोकी बैरगनियाबाट रौतहटको सदरमुकाम गौरमा ओसारपसार गर्दै आएकोमा गौरका इ रिक्सा तथा टेम्पूको राम धुलाई गरे पछि भारतीय टेम्पू गौर आउन नमानी हाल उनीहरु भारतको बैरगनियामा टेम्पू चलाउन बाध्य भएका छन्। गौरका इ रिक्सा, टेम्पू मनपोली भडा लिराखेका यात्रुहरू बताउँछन्।

लामो दुरीमा संचालनमा रहेको यात्रुबाहक बसका चालक तथा सह चालकले टेम्पू, इ रिक्साहरुले सिमा तोकिएको हुँदा पनि मनोपोली गरी चारतिर यात्रु बोकी मनपोली भाडा दिई जाने गरेका छन्। यस्ता कृयाकलाप भए हामी बसब्यवसायीका स्टापहरु बसपार्क स्थित पार्किङ गरी राख्ने बताए।