शुक्रबार ०४ असोज, २०८१

नेपाली समय

धनगढीमा चर्च भत्काईएकाेप्रति संयुक्त नागरिक पार्टीको गम्भीर आपत्ति

धनगढीमा चर्च भत्काईएकाेप्रति संयुक्त नागरिक पार्टीको गम्भीर आपत्ति

काठमाडौँ, १५ साउन । संयुक्त नागरिक पार्टीले धनगढी उपमहानगरपालिका वडा नं–७ को मनहेरा स्थित लेट मी इन धनगढी प्रा.लि नामक संस्थाले १५ वर्षका लागि जमिन भाडामा लिई सरकारी अनुमतिमै आवश्यक प्रयोजन, व्यवसाय सञ्चालनका लागि निर्माण गरेको भवनमा केही कोठा प्रार्थना संगतीका लागि लाइफ वर्ड मिसनलाई भाडामा दिइएको भन्दै धनगढी उपमहानगरले यही साउन १५ गते चर्च भवन भत्काएकाेप्रति गम्भीर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ ।  अध्यक्ष दलमर्दन कामी र महासचिव प्रेमबहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ ।

 " मिडियामा भ्रम फैलाइएजस्तो उक्त संस्थाले अस्पतालनै बनाउने भन्ने कुनै सम्झौता नभएको समेत बुझिएको, स्थानीयबाट कुनै आपत्ति नरहेको अवस्थामा समेत केही व्यक्तिहरूले विरोध गरी उक्त चर्चमा तोडफोड गर्दै उल्टै चर्चका ३ जना सदस्य: पेमदोर्जे राई,पुकार विक र  वीरबहादुर डगौरालाई अभद्र व्यवहारको आरोप लगाइ पक्राउसम्म गरिएको अवस्थामा, आज मात्रै उक्त भवन उपमहानगरले डोजर लगाई भत्काएकोप्रति संयुक्त नागरिक पार्टी खेद व्यक्त गर्दछ ! साथै उपमहानगरको यस कार्यको घोर निन्दा एवम् भर्त्सना पनि गर्दछौँ ।

यसरी धार्मिक अभ्यास प्रार्थना आराधना गर्न पाउने प्रत्येक नेपालीको मौलिक हकमाथि कुठाराघात भएको, अवैधानिक तवरमा कारणैबिना पक्राउ गरिएको, र अब आएर त नवनिर्मित भवन समेत भत्काइएको कुरा निकै गम्भीर अन्याय र अत्याचार भएको हाम्रो पार्टीको ठहर भएकाले उक्त भवन तथा चर्च सुरक्षित गर्न गराउन स्थानीय निकाय र नेपाल सरकारसँग जोडदार माग गर्छौँ । चाहे मापदण्ड होस या नहोस् चर्च भनेको सार्वजनिक मन्दिर हो सार्वजनिक मन्दिर भत्काउने अधिकार कोही कसैलाई छुट  नभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।   

त्यस्तै  मापदण्ड अनुसार नै बनाइएको भन्ने सम्बन्धित सरोकारवाला र स्थानीयहरूबाट खुल्न आएको छ । तसर्थ  चर्च भत्काइए बापतको क्षतिपूर्ति  धनगढी उपमहानगरले दिनु पर्ने,साथै विनाकारण पाँच दिनदेखि थुनामा रहेका व्यक्तिहरूलाई विना शर्त  तत्काल रिहाइको समेत जोडदार माग पनि  साे पार्टीले गरेको छ । अन्यथा संयुक्त नागरिक पार्टी उपमहानगरका विरुद्ध जस्ताेसुकै संघर्षमा उत्रन बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिएको छ ।