आइतबार ०४ जेठ, २०८२

नेपाली समय

धनुषामा एक जनाको हत्या अभियोगमा तीन जना पक्राउ

धनुषामा एक जनाको हत्या अभियोगमा तीन जना पक्राउ

जनकपुर, १४ साउन । धनुषामा एक जनाको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् ।  धनुषाधाम नगरपालिका–२, मङ्गलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्याको अभियोगमा  सोही ठाउँ बस्ने सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले जानकारी दिनुभयो । 

ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा जनकपुरधाममा पठाइएको र घटनासम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।