भोजपुर, १३ साउन । भोजपुर प्रतिभा पुरस्कार २०८० द्वारा कवि तथा सर्जक इन्द्रसुर बेल्टारे सम्मानित भएकाछन् । भोजपुरमै रहेर निरन्तर साहित्यमा साधनारत बेल्टारेलाई त्रिवेणी साहित्य प्रतिष्ठान, भोजपुरले बाइस हजार दुई सय बाइस रुपैया सहितको पुरस्कारले सम्मान गरेको हो ।
जिल्ला समन्वय समिति भोजपुरको प्रमुख कमल थुलुङ् राईको प्रमुख आतिध्यतामा भएको उक्त कार्यक्रममा मणिराज राई, तिलक थापा र चिन्तामणि पोख्रेलले सम्मानित बेल्टारेका व्यक्तित्व र कृतित्वको परिचर्चा गर्नुभएको थियो भने पालिका उपाध्यक्ष बिनिता ढकाल पूर्व पालिका अध्यक्ष गजेन्द्र कार्की, बबिन्द्र रसाइली, अमृका ताम्राकार, समाजसेवी तोरणबहादुर कार्कीले आ-आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
अरुण गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा इन्द्रसुर बेल्टारे, ओम डि.सि.आर, संग्राम किराँती, निर्मला घिमिरे पराजुली, डिकपाल राई, सुजन कटुवाल, कमला प्रधान, तिलक थापा, अशोक कार्की, सरगम पराजुली, शरण खत्री मृदुल, नगेन्द्र खत्री, चिन्तामणि पोख्रेल, धिरेन खिम्बुले, खगेन्द्र खड्का, निरन राई, गुणराज पराजुली,सोल्टी सुजन, हरि कुमार मगर लगायतले सिर्जना वाचन गर्नुभएको थियो । प्रतिष्ठानले हरेक वर्ष साहित्य, कला र सङ्गीतमा योगदान पुर्याउनुहुने व्यक्तित्वलाई सम्मानित गर्ने प्रतिष्ठान अध्यक्ष सुवास विभासले बताउनु भयो ।
भोजपुरको अरुण गाउँपालिकामा भएको उक्त कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न भएको सचिव घमचन्द्र दाहालले जानकारी दिनुभयो । हरेक वर्ष प्रदान गरिने भोजपुर प्रतिभा पुरस्कार गत वर्ष लामो समयदेखि भोजपुर मै रहेर साहित्यमा क्रियाशील व्यक्तित्व शेरबहादुर तामाङ् (मोक्तान भाइ)लाई प्रदान गरिएको थियो ।