अरूलाई सिकाउन, हपार्न र गाली गर्न कति सहज छ ? त्यही काम कर्तव्य आफूले निर्वाह गर्न कति कठिन छ ? सुनि जान्ने होइन देखि जान्नेहरूलाई सोधे थाह लाग्छ । तर आफूले नेपाली परिवर्तनकारी आन्दोलनमा सिन्को नभाँचे पनि काम गर्ने माथि दोषै दोष मात्र थोपर्नको निम्ति जन्माइएका बुद्धिजीवी नामका कपूतहरु, आफूले अपराध गरेर अर्काको टाउकामा दोष थोपर्न सिपालु पूर्व कर्मचारीहरू, लोकतन्त्रले सबै बिगारेको, केही पनि नबनाएको भाष्य निर्माणमा तल्लीन छन् ।
आरम्भ,
अरूलाई सिकाउन, हपार्न र गाली गर्न कति सहज छ ? त्यही काम कर्तव्य आफूले निर्वाह गर्न कति कठिन छ ? सुनि जान्ने होइन देखि जान्नेहरूलाई सोधे थाह लाग्छ । तर आफूले नेपाली परिवर्तनकारी आन्दोलनमा सिन्को नभाँचे पनि काम गर्ने माथि दोषै दोष मात्र थोपर्नको निम्ति जन्माइएका बुद्धिजीवी नामका कपूतहरु, आफूले अपराध गरेर अर्काको टाउकामा दोष थोपर्न सिपालु पूर्व कर्मचारीहरू, लोकतन्त्रले सबै बिगारेको, केही पनि नबनाएको भाष्य निर्माणमा तल्लीन छन् ।
यसै सिल्सिलामा पूर्व माननीय गंगा चौधरीले यो व्यवस्था भन्दा राजतन्त्र कैयौँ गुणा राम्रो भन्दै गाउँ गाउँ चहारिरहेको छ । जसलाई लोकतन्त्रले एउटा कमलरी बाँधा मजदुरवाट संसद सम्म बनायो । त्यस्तै कमलरी शान्ति चौधरी समेत लोकतन्त्रले केवल नेताका सन्तान र आसेपासेले मात्र अवसर पाएको सर्वसाधारणले केही नपाएको भन्दै बेला बेलामा लोकतन्त्रलाई सराप्न पछि पर्दैनन् । अर्थात् उनीहरुको राजनीतिक सांस्कृतिक र आर्थिक जीवनको स्तर उन्नतिमा लोकतन्त्रको कुनै भूमिका छैन ... ।
यस्तै भाषाशैली र शब्दहरू समेत सम्भावना आउने गरी पुराना कर्मचारी, वकिल, डाक्टर, जस्ता बुद्धिजीवीहरू निरन्तर लोकतन्त्रमाथि प्रहार गरिरहेका छन् । जसले लोकतन्त्रको भरपुर प्रयोग गर्न कुनै कसर बाँकी राखेका छैनन् ती नै मानिसहरू लोकतन्त्रले केही नदिएको, केवल ‘नेता र उनका आसेपासेहरूले’ मात्र लोकतन्त्र उपभोग गरेको सुन्दा नयाँ पुस्तामा त्यसको प्रभाव पर्नु स्वभाविकै छ । किनकि उनीहरू देशमा आएको नयाँ विकासको निकासलाई बिचैमा रोकेर पुरानै विभेदकारी शोषण अन्याय अत्याचारपूर्ण सामन्ती अर्थतन्त्रको पुनरावृत्तिको निम्ति योजनाबद्ध आक्रमणमा छन् ।
साँचो बोलौँ ...
केवल ताली र गालिकै निम्ति झुटको व्यापार गर्दै निराशा उमार्ने विद्धताका ठेकेदारहरू यदि उनीहरू देशीविदेशी मिसिनरीका खेताला होइनन् भने उनीहरूले साँचो बोलुन् विगतको नेपाल र हालको नेपाल वीचको भिन्नताको तथ्यहरू राखेर बोलुन् ! बिग्रे भत्केको ठाउँमा सहकार्यद्वारा सकारात्मक रूपान्तरण र परिवर्तन गर्न कठिन छैन । तर आलोचनाको नाममा भद्दा सत्तोसराप र चिल आयो भन्दै चल्ला चोर्ने स्यालहरूको खेताला नबनुन् ।
निश्चय पनि देशमा समस्या चाङ्गका चाङ्ग छन्, समाज र विभिन्न सरकारी गैह्र सरकारी निकायहरूमा विकृति र विसंगति बग्रेल्ती छन्, दुनियाँ जानकार छन् । यसको समाधानको निम्ति एकले अर्कामाथि सत्तोसराप, बिमति विभेद र बिसंगति होइन, सबै मिलेर सकारात्मक सोचका साथ सहमति सहकार्य र सद्व्यवहारकै खाँचो हो ।
हामी कहाँ लामो समयदेखि एउटा बिम्ब नै बन्न गएको छ कि: काम गर्नेलाई दुत्कार्दै दानवीकरण गर्ने र कुरा गर्नेलाई देवत्वकरण गर्दै देश र जनतामाथिको सामन्ती लूट खसौट कायम राख्ने उद्योग अद्यावधिक कायम छ । केवल ताली र गालिकै निम्ति झुटको व्यापार गर्दै निराशा उमार्ने विद्धताका ठेकेदारहरू यदि उनीहरू देशीविदेशी मिसिनरीका खेताला होइनन् भने उनीहरूले साँचो बोलुन् विगतको नेपाल र हालको नेपाल वीचको भिन्नताको तथ्यहरू राखेर बोलुन् ! बिग्रे भत्केको ठाउँमा सहकार्यद्वारा सकारात्मक रूपान्तरण र परिवर्तन गर्न कठिन छैन । तर आलोचनाको नाममा भद्दा सत्तोसराप र चिल आयो भन्दै चल्ला चोर्ने स्यालहरूको खेताला नबनुन् ।
हामीले देखेको पुरानो नेपाल
सामन्ती अर्थनीतिको चरित्र नै यस्तो थियो कि: किसानको शोषण नगरी आफ्नो हाल हुकुम कायम रहन्थ्यो । परिणामतः दशैंमा मासु खाएको रकम तिर्न नसक्दा, छोरा छोरीको लुगा किन्न काढेको ऋण तिर्न नसक्दा सिरिसम्पत्ति साहुलाई बुझाउन बाध्य बन्ने, जमिन बुझाईसक्दा पनि ऋण चुक्ता नभएर उनैकहाँ आफ्नै जमिन जोत्न हली बस्नु पर्ने बाध्यता दिन प्रतिदिन बढ्दै थियो ।
सबैलाई जानकारी छ, बि.सं. १९९० साल माघ १० मा भूकम्प आयो, करिब ६ हजारको संख्यामा हताहती भएको, १० हजार भन्दा धेरै घरहरू क्षतविक्षत भएको हामी सुन्छौँ । बि.सं. २०४५ साल भदौ ५ मा भूकम्प आयो, १० हजार जति मानवीय क्षति र २० हजार जति घरहरू क्षति भएको देखिन्छ । त्यस्तै बि. सं. २०७२ साल वैशाख १२ मा पनि भूकम्प आयो, करिब ७ हजार चानचुन मानवीय क्षति, २० हजार जति घरहरू पूर्ण क्षति, ६०–७० हजार घरहरू आंशिक क्षति तथ्याङ्कमा उल्लेखित भयो । एउटा तथ्य के हो भने ९० र ४५ सालका भूकम्पहरूमा राज्यले दायित्व बहन गरी घरहरूको जीर्णाद्वार भएनन् व्यक्तिले आफ्नो गक्ष अनुसार पुननिर्माण गरे ... सबै माटोकै जाडाई मात्र कायम रह्यो । अझ ९० को भूकम्पले फटाएको भित्ता ४५ को भूकम्पले जोडिदियो .. भन्दै मजाक गर्नेहरूको संख्या यथेष्ट थिए । तर ... ०७२ सालको भूकम्पले भत्काएका, चर्काएका र थोरै हल्लाएका घरहरू अधिकांश ढलानमा रूपान्तरित भए .. । त्यसको पछि-पछि कुनै क्षति नपुगेको घरहरू समेत पुरानोलाई गोठमा रूपान्तरित गर्दै सवैका नयाँ घरहरू देखिन थाले .. जवकि ०९०–०४५–०७२ सम्म नै ९९ प्रतिशत ढुङ्गा माटो इट्टाको स्थानीय श्रोत साधनको जोह गर्दै बनाएका घरहरू थिए । नयाँ रूपान्तरित समयमा करिब ९० प्रतिशत ढलानमा रूपान्तरित भए कसरी ? के यस्तो हुनुमा व्यक्तिगत लगनशीलता र परिश्रमले मात्र सम्भव भएको हो ?
पञ्चायतको थालनीले क्रुद्ध बनेका काँग्रेस कम्युनिष्टलाई आम जनताबाट कटाउने महत्त्वपूर्ण योजना अनुरूप गाउँ फर्क राष्ट्रिय अभियान र पहाड तराई मिलाउने नाममा पहाडका भूमिविहिनहरुलाई तराइमा जग्गा बाँड्ने अभियान ०१८–०१९ मा करिब १० हजार परिवारलाई जगा वितरण गरे । सामन्ती अर्थनीतिको चरित्र नै यस्तो थियो कि: किसानको शोषण नगरी आफ्नो हाल हुकुम कायम रहन्थ्यो । परिणामतः दशैंमा मासु खाएको रकम तिर्न नसक्दा, छोरा छोरीको लुगा किन्न काढेको ऋण तिर्न नसक्दा सिरिसम्पत्ति साहुलाई बुझाउन बाध्य बन्ने, जमिन बुझाईसक्दा पनि ऋण चुक्ता नभएर उनैकहाँ आफ्नै जमिन जोत्न हली बस्नु पर्ने बाध्यता दिन प्रतिदिन बढ्दै थियो । ०२७–०२८ सम्म आई पुग्दा भूमि विहीन परिवार ३० हजारको संख्यामा पुग्यो र तराइको जमिन बाँडियो । फेरी ०३६–०३८ सम्मको अवधिमा सामन्ती अर्थनीतिको कुचक्रमा परेर आफ्नै भूमिवाट बेदखलीमा परेकाहरूको संख्या यति धेरै पुग्यो कि: तिनीहरूलाई जमिन बाँड्न सरकारले सकेन । ०३६ को आन्दोलन, ०३७ को जनमत संग्रह आदिको कारणले जग्गा बाँड्न पाइएन, त्यसैले उक्त समूह राजधानी लगायत देशका ठूला सहरका खोला किनार र कुना कन्दराका पर्ति बाँझोहरूमा बसोबास गर्न थाले जसलाई हामी आज पर्यन्त सुकुम्वासीको नामले सम्बोधन गर्दछौँ ।
निर्धा निमुखा, हैसियत र पहुँच नपुगेका ग्रामीण श्रमिकहरू घर वार विहीन भएर खोला नालाको किनारम झोपडपट्टीको साहरा खोज्नुपर्ने प्रकृयामा बन्देज लाग्यो, एक हिसाबले भन्दा भ्यासेकटोमी र ल्याप्रोस्कोपी दुवै गरियो ।
०४६–०४७ मा प्रजातन्त्र पुन:स्थापना भएपछि खासगरी ०५१ म सुकुम्वासी समस्या समाधान आयोग बन्यो र त्यसको नाममा बिसौंजना आयुक्त फेरिए, बिसौंजना कार्यकारी प्रमुख फेरिए, सरकारको अदलिबदली नै पिच्छे हाकिमहरू फेरिए तर सुकुम्वासी समस्या समाधान भएन । सुकुम्वासी समस्या समाधानको नाममा खासगरी एमाले काँग्रेस र राप्रपाले सयौँ थरी राजनीतिको खोलो मेलो गर्दै कमाउ धन्दा चलाए, तर सुकुम्वासी उम्रने मुहान बन्द भएन ।
तर जब जनयुद्ध चल्यो, गाउँ गाउँबाट सामन्त लखेटियो, १००–५० ऋण दिएको नाममा चक्रीय ब्याज र घिउखाने जोड्ने, त्यसले नपुगेर पछाडि सुन्ना थप्ने आदि प्रपञ्चद्वारा जमिन माथिको बेदखली रोकियो, हप्की दप्की लाउँदै हरुवा चरुवा राख्ने, हली गोठाला राख्ने, र मानवीय श्रम माथिको निर्मम शोषणको अन्त भयो । आफ्नो श्रम र सम्पत्ति माथि कसैले गिद्धे दृष्टि लाउला कि: भन्ने त्रासदी पूर्ण वातावरणको अन्त्य भयो । निर्धा निमुखा, हैसियत र पहुँच नपुगेका ग्रामीण श्रमिकहरू घर वार विहीन भएर खोला नालाको किनारम झोपडपट्टीको साहरा खोज्नुपर्ने प्रकृयामा बन्देज लाग्यो, एक हिसाबले भन्दा भ्यासेकटोमी र ल्याप्रोस्कोपी दुवै गरियो । अझ केही बाँकी वैधानिक ऋण वा कारोबार हुनेहरूलाई लोकतन्त्र आएपछि प्रचण्डको पहिलो सरकारले करिब ७ लाख परिवारको कृषि ऋण मिनाहा गरेर सुकुम्वासी उत्पादन केन्द्र पूर्णतः बन्द भयो ।
माओवादी जनयुद्धको कारणले जाति-जाति वीचमा द्वन्द्व चर्केको, त्यसैको परिणाम सामाजिक असहिष्णुता कायम भएको र मिलेर बसेको समाज भत्केको त्यसैले समानुपातिक समावेशी र समतामूलक समाज भन्ने संवैधानिक अवधारणा खारेज गर्नुपर्ने वकालत गर्न थालेका छन् । बाँकी रहेको विभेद अन्तको निम्ति मानवअधिकारको वकालत गर्नुलाई जनजाती फुटाउ अभियान भनेर अपभ्रंशसित गरेर के नयाँ युवाहरूले पुरानै विभेदकारी समाजतिर देशलाई फर्काउन चाहेका हुन् ?
राज्य प्रदत्त अवसरहरूमा समानुपातिक समावेशी लागू समान योगदान दिने अवसर सिर्जना गर्दै देश प्रति सबैको अपनत्व ग्रहण गर्ने मौका प्रदान गर्दै आफ्नो मात्र होइन भावी पुस्तालाई समेत भूमिविहीन वा सुकुम्वासी बन्न नपर्ने परिस्थिति बनेको छ । जब लोकतन्त्रले वैदेशिक रोजगारीमा सही नीति अवलम्बन गर्दै स्वदेशी विकास निर्माण र पूर्वाधारहरुको निर्माणमा बाढी लाग्न थाल्यो तब ती विगतका सुकुम्वासीहरूका समेत ठाउँ ठाउँमा घर जगा देखा पर्न थाले । किनकि: माओवादीले अपनाएको नीति समाजवादी नीति हो, र हाम्रो संविधानले समाजवादकै मार्ग प्रशस्त गरेको छ । अर्थात् अवसरको सिर्जना र अवसर वितरण प्रणाली समानताको आधारमा गरिने सिद्धान्त अपनाएको छ ।
जातीय बिसमता र विभेदको विकरालताको अन्दाज आजको दुनियाँमा बसेर कल्पनै गर्न नसकिनेगरि रूपान्तरण भएको छ । पहिले केवल चार जात बीचमा मात्र विभेदको सीमा थिएन, बाहुन बाहुन वीचमै, क्षेत्री क्षेत्री वीचमै, जनजाति जनजाति वीचमै र दलित दलित बीचमै समेत विशाल विभेदको पर्खाल थियो, तर आज ती सबै विभेदको पर्खाल भत्केको छ, यदि एकाध त्यसका बाछिटाहरू मात्र बाँकी हो । जसलाई देखाएर आज भोलीका युवाहरू सामाजिक तथा जातीय विभेदको सगरमाथा माओवादीले उभ्याएको कथा हालिरहेका छन् । माओवादी जनयुद्धको कारणले जाति-जाति वीचमा द्वन्द्व चर्केको, त्यसैको परिणाम सामाजिक असहिष्णुता कायम भएको र मिलेर बसेको समाज भत्केको त्यसैले समानुपातिक समावेशी र समतामूलक समाज भन्ने संवैधानिक अवधारणा खारेज गर्नुपर्ने वकालत गर्न थालेका छन् । बाँकी रहेको विभेद अन्तको निम्ति मानवअधिकारको वकालत गर्नुलाई जनजाती फुटाउ अभियान भनेर अपभ्रंशसित गरेर के नयाँ युवाहरूले पुरानै विभेदकारी समाजतिर देशलाई फर्काउन चाहेका हुन् ? ठिक छ, माओवादीलाई गाली गर्ने हक सबैलाई छ, तर उनको रिसमा जथानाम सराप्दा कतै आफ्नै खुट्टामा बञ्चरो प्रहार भइरहेको त छैन ? अनुभवहरूलाई सँगालेर समीक्षा कहिले गर्ने ?
विकास समयले ल्याएको कि समयलाई नै लोकतन्त्रले ?
युवाहरू हाल भएको विकास समयले नै ल्याएको हो, यसमा माओवादी, जनयुद्ध र राजनीतिक आन्दोलनहरूको कुनै भूमिका नभएको व्याख्या गर्दछन् । के त्यस्तै हो ? यदि सवाल त्यो हो भने जैविक उत्पादन केही नहुने केवल मरुभूमि नै मरुभूमिको खाडी मुलुकहरूमा २५ वा ३० वर्षको अवधिमा विश्वस्तरमा विकास सम्भव हुने, चिनियाँ र भारतीय अघोषित उपनिवेशमा रहेको सिंगापुर र मलेसिया २० वा ३० वर्षमा विश्वको धनाढ्य देशमा गनिनसक्ने तर इतिहासमै कसैको अदपमा बस्न नपरेको कसैको साम्राज्य वा उपनिवेशमा बस्न नपरेको स्वतन्त्र भनिएको नेपाल चैँ २३८ वर्ष एउटै बंसको हालिमुहालीमा बस्दा पनि किन झन् झन् पछि पर्दै गयो ? जबकि मल्लकालमा नेपाल युरोप अमेरिका र भारत चीन भन्दा धेरै विकसित मानिन्थ्यो । सभ्यताको हिसाबले रोम सभ्यातासंगमै मानिन्थ्यो ।
केही तथ्य हेरौँ– १. बि. सं. १९८० मा काठमाण्डुमा धान चुट्ने मेसिन आयो, तर ०६२–०६३ सम्म पनि काठमाण्डु वरिपरिका जिल्लाहरू नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, काभ्रे, रामेछाप र सिन्धुपाल्चोक जस्ता जिल्लाहरूमा समेत पुगेको थिएन । के उपत्यकाबाट मुश्कीलले १० वा २० किलोमिटर दूरीका जिल्लाहरूमा पुग्न समेत ८०–८५ वर्ष किन लाग्यो होला ?
आजको द्रुत विकासलाई विकास नमान्ने खाली गाली गरेरै आफ्नो क्लेश पोख्ने युवाहरूले यो विषयमा थोरै मात्र अध्ययन गर्दै साँचो ओकलिदियो भने, वा गर्न बाँकी उन्नती प्रगतिको लागि सकारात्मक सहकार्य गर्दा देशले निकास पाउँथ्यो ।
बि. सं. १९८० तिरै नेपालमा मोटरसाइकल भित्रिएको पाउँछौँ, तर २०६४ सम्म पनि जम्माजम्मि सवा एक लाख भन्दा धेरै मोटरसाइकलको संख्या भेट्दैनौँ, तर ०६४ पछि हालको संख्या लगभग सवाकरोड पुगिसकेको छ । मोटर गाडी र कारहरूको संख्या पनि उत्तिकै संख्यामा वृद्धि भइरहेको छ । यसको अर्थ के लाग्छ ?
गाउँ गाउँमा पुगेको बाटोघाटो, पुल पुलेसा, स्कुल कलेज, सरकारी तथा सामुदायिक भवनहरू, मठ मन्दिर र पर्यटकीय स्थलहरू, खोला बगर र करिडोरहरु, ढल पानी र बिजुलीको उपलब्धता, शहर बजारको स्तरउन्नती, हरेक नागरिकको जीवनस्तरमा आएको रूपान्तरण के सामान्य र सहज तरिकाले भएका हुन् ? के यी सबै व्यक्तिगत बहादुरीकै परिणाम होला ? यदि व्यक्तिगत बहादुरीको परिणाम मान्ने हो भने विगतको २३८ वर्षसम्म किन भएन ? समयले आफै ल्याएको परिवर्तन मान्ने हो भने २३८ वर्ष चैँ समय होइन ? के त्यतिखेरका मानिसहरूलाई बाटोघाटो र पुल पुलेसा चाहिन्नथ्यो ? पानी बत्ती र अन्य सुविधा चाहिन्नथ्यो ?
लोकतन्त्रद्वारा कुन कुन अवरोध हटाएपछि आजको उपलब्धि सम्भव भयो र यसमा के के नपुग वा अधुरो रह्यो ? त्यो विषयमा गम्भीर अनुसन्धान गर्दै विगतमा योगदान गर्नेहरूको योगदानलाई कदर गर्दै योद्धा जोदाहा वा नेता कार्यकर्ताहरूको गौरवशाली योगदानको कदर र उपर्युक्त सम्मान गर्दै थप नपुग योगदान दिने हिम्मत निकाल्ने हो भने देशले सामयिक निकास पाउने निश्चित छ । तर पुराना योगदान दिने सबैलाई सरापेर बनेको आधारभूमिबाट नयाँको निर्माण हुन नसक्ने, त्यसले त केवल अराजकता मात्र पैदा हुने तथ्य भुल्नु हुँदैन ।
केही मान्छेहरू त्यो बेलाको समय नै त्यस्तै हो ! भन्दै आत्मसन्तुष्टि लिँदै वर्तमान नेताहरूले चाहिँ केही नगरेको भाष्य निर्माण गर्दै आत्मरति लिन्छन् तर उनीहरू के बिर्सन्छन् भने मल्लकालमा हामी भन्दा धेरै पछाडि परेका देशहरू ज्ञान विज्ञान र उत्पादनमा हजारौँ र लाखौँ आयामबाट अगाडि बढिसक्दा हामी किन सियो सम्म बनाउने सामर्थ्य राख्न सकेनौँ ? कसरी उनीहरुको समय गतिशील र हाम्रो समय गतिहीन बन्यो ? खानी खनिज र प्रकृति हाम्रो विकासको बाधक बन्यो कि ? खोला नाला, बन पैदावार, विविध उत्पादन आदि के को बाधाले हाम्रो विकासको गति अवरुद्ध भयो ? आजको द्रुत विकासलाई विकास नमान्ने खाली गाली गरेरै आफ्नो क्लेश पोख्ने युवाहरूले यो विषयमा थोरै मात्र अध्ययन गर्दै साँचो ओकलिदियो भने, वा गर्न बाँकी उन्नती प्रगतिको लागि सकारात्मक सहकार्य गर्दा देशले निकास पाउँथ्यो ।
त्यसैले आजका युवाहरूले दुइटा कुरामा गम्भीर ध्यान पु¥याउनु जरुरी छ । पहिलो: देशको २०३८ वर्षको इतिहासमा विकासको बहुआयामिकतामा किन कसरी गत्यावरोध पैदा भयो ? दोश्रोः लोकतन्त्रद्वारा कुन कुन अवरोध हटाएपछि आजको उपलब्धि सम्भव भयो र यसमा के के नपुग वा अधुरो रह्यो ? त्यो विषयमा गम्भीर अनुसन्धान गर्दै विगतमा योगदान गर्नेहरूको योगदानलाई कदर गर्दै योद्धा जोदाहा वा नेता कार्यकर्ताहरूको गौरवशाली योगदानको कदर र उपर्युक्त सम्मान गर्दै थप नपुग योगदान दिने हिम्मत निकाल्ने हो भने देशले सामयिक निकास पाउने निश्चित छ । तर पुराना योगदान दिने सबैलाई सरापेर बनेको आधारभूमिबाट नयाँको निर्माण हुन नसक्ने, त्यसले त केवल अराजकता मात्र पैदा हुने तथ्य भुल्नु हुँदैन ।
अन्तमा,
लोकतन्त्र लहडमा गरिएका एकाध नारावाजी र फुर्सदमा रत्नपार्कमा गरिएको आन्दोलनको उपज होइन । लोकतन्त्र ७० वर्षको महान् त्याग तपस्या र बलिदानपूर्ण आन्दोलनको परिणाम हो । त्यसैले लोकतन्त्रको संरक्षण सबैको लागि सबैको दायित्व हो ।
लोकतन्त्र केवल लेख्ने बोल्ने र अधिकारवादको चौतारी गफ मात्र होइन, यो त देश जनताको नशा नशाको वृद्धि विकाश र उन्नति प्रगतिको सिलसिला हो, आधुनिक विश्वको मूल प्रवृत्ति र जीवन पद्धति हो । त्यसैले प्रचण्ड वा माओवादीमाथि भडास पोख्ने बहानामा लोकतन्त्रको आधारभूत मर्म माथि प्रहार नगरौँ, कुनै न कुनै बहानामा मौका पाउनेवित्तिकै प्रहार गर्न खोज्ने पुरातन प्रतिगामीहरूको हरकतलाई बेलैमा चिनौँ । देश र जनताको भलाई माथि सदा सर्वदा भलाइ सोचौँ ।
धन्यवाद !
- श्रीराम खाईजु
(भक्तपुर)
(प्रकाशित लेख: लेखकको निजी विचार हो। )