शुक्रबार ०४ असोज, २०८१

नेपाली समय

सरकार गठनप्रति संयुक्त नागरिक पार्टीको गम्भीर आपत्ति

सरकार गठनप्रति संयुक्त नागरिक पार्टीको गम्भीर आपत्ति

काठमाडौँ, २ साउन । संयुक्त नागरिक पार्टीले हालै केपी शर्मा ओलीको नेतृत्वमा गठित मन्त्रिमण्डलप्रति गम्भीर असहमति र आपत्ति जनाएको छ । सो पार्टीका अध्यक्ष  दलमर्दन कामी र महासचिव प्रेमबहादुर कार्कीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ । 

काँग्रेस र एमालेको गठबन्धन अप्राकृतिक र असंवैधानिक समेत भएको हाम्रो पार्टीको ठहर छ ।  मुलुकको झण्डै एक चाैथाई जनसङ्ख्या रहेको दलित (शिल्पी) समुदाय र ५ प्रतिशत जनसङ्ख्या रहेको मुस्लिम समुदायलाई उपेक्षा गरी सरकारमा सहभागी नगराईनु यी समुदायहरूको अपमान र संविधानको बर्खिलाप भएको छ  जारी विज्ञप्तिमा भनिएको छ । 

संसारको ईतिहासमा पहिलो र दोस्रो दल गठबन्धन गरेर अघि बढ्दा निरङ्कुशता तर्फ उन्मुख हुने गरेको पनि पाइएकाले यो गठबन्धन र यो सरकार प्रति जनताको विश्वास नरहेको कुरा पनि उल्लेख गरिएको छ ।