रौतहट, ३१ असार । सिमलतालमा पहिरो जाँदा ६२ जना यात्रुसहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराई रहेको सम्झनामा गौर नगरपालिकामा दीप प्रज्वलन गरिएको छ ।
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकको सिमलतालमा शुक्रबार बिहान पहिरो जाँदा ६२ जना यात्रुसहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराई रहेका छन् । काठमाडौँबाट गौर जान नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस तथा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख–१५१६ नम्बरको एन्जलस डिलर्स बस त्रिशूलीमा हराई रहेको हो । त्यसको सम्झनामा गौर नगरपालिकाको वडा नं २ मा मो. सलामुदिनको अध्यक्षतामा दीप प्रज्वलन गरिएको छ ।
सो श्रद्धाञ्जली अर्पणमा स्थानीय युवा, बुद्धिजीवी,समाजसेवी,पत्रकार लगायतका दर्जनौँको उपस्थिति रहेको थियो ।