कर्कट संक्रान्ति श्रीशाके १९४६ श्रीसंवत २०८१ कालयुक्त नामसंवत्सर श्रीसूर्य दक्षिणायनवर्षर्तु श्रावणमासाः । मास देवता श्रीधरो, मासदेवी कान्तिमती ।
२०८१ साल श्रावण महिनाको मासिक राशिफल:
मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– २०८१ श्रावण महिना मेष राशिका ब्यक्तिका लागि मौसमी रुघाखोकी समस्याले सताउने, सानातिना कामबाट लाभ यात्राको अवसर प्राप्त भएपनि यात्रा झन्झट हुनेछ । मनमा अनेक कुरा आउनेछ, कार्यमा ढिलासुस्ती, घरेलू घरगृहस्थीमा सुख, परोपकार कार्यमा मन लाग्नेछ । शरिर तथा मन प्रफुल्लित हुनेछ । स्वास्थ्यमा सानातिना समस्या आउन सक्नेछन् । पशु चौपायाको कारोबारबाट हानी नोक्सानी हुनेछ ।
वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– २०८१ श्रावण महिना वृष राशिका व्यक्तिहरूका लागी वादविवादमा फस्न सकिने, आर्थिक लाभ हुनेछ, यात्रा अलि झन्झटिलो रहला । दाजुभाइ बिचमा झैँ झगडा विवादमा पर्न सकिने, रोजगार व्यवसायमा समस्यामा पर्न सकिने, धर्म कर्ममा रुचि रहने छ । पारिवारिक विवादमा पर्न सकिनेछ । अकस्मात् मान सम्मान प्राप्त हुनेछ । सन्तानसित टाढा रहनु पर्ने देखिन्छ ।
मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– २०८१ श्रावण महिना मिथुन राशिका व्यक्तिहरूका लागि वादविवादमा पर्न सकिने, कार्यमा सफलता प्राप्त, विरोधीपक्ष परास्त हुनेछन् । टाढाको यात्रा प्राप्त भएता पनि यात्रा कष्टकर नै रहनेछ । विद्यार्थीहरूका लागि अध्ययनमा सफलता प्राप्त हुनेछ । नयाँ नयाँ वस्त्र प्राप्त हुनेछ । टाढाको धार्मिक यात्रा प्राप्त रहला । अकस्मात् मान सम्मान प्राप्त हुनेछ । शुभ कार्यमा मन लाग्नेछ ।
कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– २०८१ श्रावण महिना कर्कट राशिका ब्यक्तिका लागि पित्त सम्बन्धी समस्याले सताउने, सञ्चित धन नोक्सान, विपरीत लिङ्गलाई मान सम्मान गर्नु पर्नेछ । भूमि सम्बन्धी कारोबारबाट धनधान्य लाभ हुनेछ । बोल्दा सावधानी अपनाउनु पर्नेछ । सानातिना विवादमा फस्न सकिनेछ । सन्तान सुख प्राप्तिका साथै आर्थिक लाभ हुनेछ । नयाँ वस्त्र प्राप्त हुनेछ । राज्यपक्षबाट कार्यमा वाधा व्यवधान आउन सक्नेछ ।
सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– २०८१ श्रावण महिना सिंह राशिका ब्यक्तिका लागि कार्यमा अवरोध पेट सम्बन्धी समस्याले दुःख दिने, विरोधी पक्ष परास्त हुनेछन् । सवारी साधनदेखि सावधान रहनु पर्ने देखिन्छ । बोलीको प्रभावको कारण कार्यमा अवरोध रहने, खाद्यान्न बस्तुमा नोक्सान हुनेछ । शृङ्गारिक सामाग्री कारोबारमा अलि खर्च बढ्ने, यात्रा अलि कठिन रहला, टाढाको यात्रा प्राप्त रहला, सन्तानवान् सुख प्राप्त हुनेछ ।
कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– २०८१ श्रावण महिना कन्या राशिका ब्यक्तिका लागि स्वास्थ्यमा सुधार, माङ्गलिक कार्यमा रुचि बढ्ने, कार्यमा ढिलासुस्ती हुने, दाजुभाइदेखि टाढा रहनु पर्नेछ । सन्तान सुख प्राप्त हुने, बृहस्पति ग्रह अनुकूल रहनाले हरेक कार्यमा सफलता प्राप्त हुनेछ । मित्रजनबाट पूर्णरुपले सुख प्राप्त हुनेछ । विरोधीपक्ष परास्त, स्वास्थ्यमा पूर्ण रूपले सुधार रहनेछ , राज्यपक्षबाट सम्मान प्राप्त, प्रेममा अवरोध, यात्रा गर्दा सावधानी रहनु पर्नेछ ।
तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– २०८१ श्रावण महिना तुला राशिका ब्यक्तिका लागि राज्यपक्षबाट मानसम्मान प्राप्त, स्वास्थ्यमा सुधार, आकस्मिक धनलाभ, प्रेममा सफलता प्राप्त, खराब कार्यमा मनलाग्ने, घरगृहस्थीको सुख प्राप्त, पेसा व्यवसायमा अवरोध, राज्यपक्षबाट कष्ट, मित्रजनबाट मनमुटाब, आयमा कमी, मातादेखि टाढा हुनु पर्ने देखिन्छ ।
वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– २०८१ श्रावण महिना वृश्चिक राशिका ब्यक्तिका लागि मित्र दाजुभाइसित मनमुटाब बढ्ने, धन एवं मान हानी हुनेछ । मानसिक तथा शारीरिक कष्ट हुनेछ । यात्रा प्राप्त भएता पनि यात्रामा अवरोध हुनेछ । धन भए पनि कमीको अनुभूति हुनेछ । राज्यपक्षबाट मानसम्मान प्राप्त हुनेछ । सानातिना यात्रा आइपर्नेछन् । मनमा अनेक कुरा उत्पन्न हुनेछन् । अध्ययनमा कडा मेहनत गर्नु पर्नेछ ।
धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– २०८१ साल श्रावण महिना धनु राशिका लागी सावधानी रहनु पर्ने देखिन्छ । राज्यपक्षबाट मान सम्मान प्राप्त हुनेछ । सबै प्रकारका रोग ठिक हुनेछन् । हरेक कार्यमा सफलता प्राप्त हुनेछ । सन्तानदेखि टाढा रहनु पर्नुका साथै विरोधीपक्ष परास्त हुनेछन् । विलासी सामाग्रीमा खर्च बढ्ने, पशु चौपाया कारोबार गर्नेलाई शुभ रहने देखिन्छ । जन्म स्थान देखी टाढाको यात्रा प्राप्त हुने, मनमा अनेक अशान्ति रहनेछ ।
मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– २०८१ साल श्रावण महिना मकर राशिका ब्यक्तिका लागि यात्रा प्राप्त भए भएपनि यात्रा कष्टकर, मानहानी हुने, स्वास्थ्यमा सुधार, सन्तान टाढा हुने, विरोधी पक्षबाट हानी नोक्सानी, पेसा व्यवसायमा हानी, कम बोल्दा फाइदा हुने देखिन्छ, जननेन्द्रिय सम्बन्धी समस्याले सताउने, घर देखि टाढा जानु पर्नेछ, अकस्मात् धन लाभ हुने, अकस्मात् भाग्यमा वृद्धि हुनेछ ।
कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– २०८१ साल श्रावण महिना कुम्भ राशिका लागि वस्त्र तथा अस्त्र सम्बन्धी कामबाट लाभ, राज्यपक्षबाट लाभ, सन्तानसित मतभेद रहने, छाती सम्बन्धी समस्या देखा पर्न सक्ने, माताको स्वास्थ्यमा ख्याल गर्नु पर्ने, अध्ययन कार्यमा मन लाग्ने, टाढाको यात्रा प्राप्त हुने, यात्रामा सावधानी रहनु पर्ने, कार्यमा बाधा व्यवधान आउने, अध्ययनमा कडा मेहनत गर्नु पर्ने, खानपिनमा अलि सजगता अपनाउनु पर्ने देखिन्छ ।
मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– २०८१ साल श्रावण महिना मीन राशिका ब्यक्तिका लागी राज्यपक्षबाट वादविवाद पर्ने, तनाव बढ्ने, कम बोल्दा फाइदा हुने, कर्मचारी वर्गमा राज्यपक्षबाट लाभ नै रहला, आर्थिक रूपमा समस्या बढ्ने, यात्रामा विविध समस्या बढ्ने, विरोधीपक्ष परास्त हुनेछन् । टाढाको यात्रा गर्नु पर्ने, मनमा चिन्ता बढ्ने, व्यापारमा अकस्मात् धन लाभ हुनेछ ।
राशिफलले जे जस्तो भनेता पनि तपाईँको महिना शुभ रहोस् !
ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला ।
ज्यो. दुर्गा प्रसाद उपाध्याय
फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]
facebook : Durga Prasad Upadhayaya
TikTok: d.astologer