५ बर्षे पढाइसँग चुनौती पक्कै पनि धेरै रहेको छन्। एक त पढेर उत्तीर्ण गर्नु अनि उत्तीर्ण भई सकेपछि आफूलाई लगानी गरेको पालिकामा सेवा गर्न । तै पनि म खुशी छु यो लगानी खेर जान दिने छैन मैले एम.बि.बि.एस. उत्तीर्ण गरिसकेपछि म त्यो पातारासीमा गाउँपालिकामा सेवा गर्नेछु भन्ने सपना देखिरहेको छु ।
पढेर के बन्ने ? सबैको उत्तर हुन्छ डा., इन्जिनियर अनि पाइलट बन्ने भन्ने उत्तर आउँछ । मेरो पनि सपना थियो कि पढेर डा. बन्ने तर मेरो सपना साकार गर्न पनि गाह्रै थियो । पारिवारिक साधारण परिवारमा जन्मेको म । एम.बि.बि.एस प्रतिस्पर्धा गर्नको लागि काठमाडौँको महँगा कलेज जहाँ अब्बल पढाई हुने ठाउँ भन्दा अरू कलेजमा भ्याली बाहिर भन्दा। मैले भ्याली भन्दा बाहिर पढेर एम.बि.बि.एस पढ्नको लागि चिकित्सा शिक्षा आयोगले लिइएको प्रवेश परीक्षामा नाम निकाल्न म जस्तो साधारण परिवारमा जन्मेको मान्छेलाई गाह्रै नै थियो ।म कक्षा १२ मा पढिरहेको बेला मेरो गाउँपालिकाले पातारासीमा एम.बि.बि.एस पढाउने सभाबाट पारित भई
तत्कालीन अध्यक्ष लक्षिमन बोहोर उपाध्याध्या पुन्नकली बुढा र प्रशासकीय अधिकृत टेकबहादुर बुढा र सोही समयका तत्कालीन अन्य जनप्रतिनिधिहरुको निर्णय अनुसार गाउँपालिकाले एम.बि.बि.एस लगायता प्राविधिक विषय पढाउने निर्णय गरेको थियो। सोही समयमा एकजना अग्रज दाइ नवीन रेउले छनौट भई पढिरहनु भएको थियो चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको सूचना प्रकाशित भएपछि छात्रवृत्तमा नभएपनि पूर्ण शुल्कमा भए पनि कोशिस गर्छु।
कारण मेरो गाउँपालिकाले छात्रवृत्ति दिन्छ भनेर मनमा अनेक कुराहरू खेलाइरहेका थिए म पनि पक्कै प्रवेश परीक्षामा एकपटक कोशिस गर्छु, सो पूर्ण शुल्कमा भए पनि निस्केपछि बुवाको पढाएर डा. बनाउने सपना पुरा हुन्छ कि भनेर । त्यही बेला त्रिभुवन विश्वविद्यालय कृषि तथा बन विज्ञान अध्ययन संस्थानले प्रवेश परीक्षाको सूचना प्रकाशित गरेको थियो।
सोही बेला छात्रवृत्तिमा नाम निस्किएको थियो सोही भर्ना चलिरहेको बेला चिकित्सा शिक्षा आयोगले सानोठिमी भक्तपुरले लिइएको प्रवेश परीक्षाको सूचना प्रकाशित भयो र मेरो प्रवेश परीक्षामा नाम निस्कियो। मैले निधो गरे की एम.बी.बी.एस.मा नेपालमा पूर्ण शुल्कमा पढ्न पाईहालिन्छ भन्ने लागेको थियो। सोही वेला मैले छात्रवृत्तिमा निस्केको परीक्षामा बि.एस.एजी. मा भर्ना गरिन मलाई विश्वास थियो। चिकित्सा शिक्षा आयोगले लिइएको परीक्षामा बि.डी.एस., छात्रवृत्तिको प्रवेश परीक्षामा नाम निस्केकोमा बि.डी.एस. मैले गर्छु भनेको थिए तर मेरा बुवा, अङ्कल विरेन्द्र खड्का, मामाहरू पदम बुढा, सूर्य बहादुर बुढा , ई.कुशल बुढा र अङ्कल लोक थापा मेरा अन्य हितैषीहरू सल्लाहपछि आफन्तहरूले एम.बि.बि.एस पालिकाले छात्रवृत्तिमा पढाई हाल्छ अपुग भएमा हामीले सहयोग गरौला भन्ने ती उत्प्रेरणाका शब्दहरूले मैले म्याचिङ्ग भरे। सो समयमा म्याचिङ्गमा भाग लिइएपछि बजेट जम्मा गर्न र भर्ना नगरेमा कार्यवाही हुन्छ भन्ने पनि सुनेको थिए ।
मेरो इच्छा बि.डी.एस.मा थियो तर मैले घरमा बुवालाई अलि जिद्दी गरेको थिइन किनकी भर्ना गर्दा धेरै रुपैयाँ कसरी जोखो गर्नु हुन्छ भनेर मैले बीडीएस पढ्छु भने तर बुवाको धोको थियो एम.बि.बि.एस नै पढाउने जोखो गरेर भए पनि पढाइहाल्छु भन्नु भयो। अनि, मैले भर्ना गर्न म्याचिङ्गमा नाम रहेको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त जानकी मेडिकल कलेजमा भर्ना गरे पालिकाको १० औ सभाको निर्णय अनुसार २ जना सम्मलाई पढाउने निर्णय गरेको थियो सोही अनुसार हाल पालिकाले बर्सेनि ७ लाखका दरले सहयोग गरेको रुपैयाँले मलाई यो राहत भएको छ।
मेरो पढाइमा आर्थिक सापटी दिएर सहयोग गर्ने आफन्तहरूलाई विशेष धन्यवाद ! ५ बर्षे पढाइसँग चुनौती पक्कै पनि धेरै रहेको छन्। एक त पढेर उत्तीर्ण गर्नु अनि उत्तीर्ण भई सकेपछि आफूलाई लगानी गरेको पालिकामा सेवा गर्न । तै पनि म खुशी छु यो लगानी खेर जान दिने छैन मैले एम.बि.बि.एस. उत्तीर्ण गरिसकेपछि म त्यो पातारासीमा गाउँपालिकामा सेवा गर्नेछु भन्ने सपना देखिरहेको छु ।
मेरो सपना देख्नमा महत्त्वपूर्ण भूमिका खेल्ने तत्कालीन अध्यक्ष लक्षिमन बोहोरा, उपाध्यक्ष पुन्नकली बुढा र प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुड्थापा सोही समयका जनप्रतिनिधि जसले एम.बि.बि.एस पढाउने कानुन बनाउनु भयो विशेष धन्यवाद वर्तमान अध्यक्ष पूर्णसिंह बोहरा, उपाध्यक्ष जनमायाँ रोकाया प्रमुख प्रशासकीयअधिकृत लोक बहादुर रावल रावल लगायतका जनप्रनिधीहरुहरुलाई जसले कार्यान्वयन गर्नु भइरहेको छ चाहन्छु मेरो सपना, मेरा आफन्तको सपना साकार मात्र होइन सिटामोलको चक्की नपायर छट्पटीरहेका यस क्षेत्रका आमा बुबाहरूलाई अध्ययन पश्चात् तपाईँहरूको घरदैलोमा आउने सपनाको सारथि पक्कै बन्नेछु