परासी, २४ असार । कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित नियन्त्रणमा लिएको छ
सेवाग्राहीलाई काम गरे बापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले आइतबार दत्तलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार दत्तलाई सेवाग्राहीबाट रु एक लाख रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रु पचास हजार रुपैयाँ सहित कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेको कारागार प्रशासकको निवासबाट आज नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दत्त विरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।