रौतहट, २० असार । प्रहरीले विभिन्न मुद्दामा आरोपित भई फरार रहेका १७ जना प्रतिवादीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला अदालत सर्लाहीमा बुझाएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीद्वारा जारी गरिएको प्रेस नोटमा सर्लाही जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्ने सिलसिलामा यस कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएका प्रहरी टोलीले विभिन्न आरोप लागेका व्यक्तिहरू लुकिछिपी बसेको अवस्थाबाट पक्राउ गरेर अदालत समक्ष बुझाइएको हो ।
हरिपुर्वा नपा २ का शत्रुधन साह हलुवाई माथि दाइजो प्रथा तथा ज्यान मार्ने उद्योगमा धरौटी रकम १० हजार, धनकौल गापा ५ का अमरनाथ राउत माथि नकवजनी चारी, कैद २ महिना र जरिवाना ५ हजार, धनकौल गापा १ हरिफी महतो, जगनाथ महतो, विरन्द्र महतो, राजदेव महतो, जितेन्द्र महतो, लखन महतो, महेन्द्र महतो लाई गालीग्लौजमा ६५ रुपैयाँ ५७ पैसा जरिवाना, धनकौल गा.पा १ कुसुमी हजारी, नागेन्द्र हजारी विरुद्ध गालीग्लौज तथा धरौटी ४१.५७ पैसा, बरहथवा नपा ९ रामऔतार महरा, सोनालाल महरा, मोहपन महरा विरुद्ध कुटपिट लुटपिट धरौटीमा ६० रुपैयाँ जरिवाना भएका प्रतिवादीलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए ।
यसैगरी, सुन्दरपुर चुहडवा तिरकुल चौधरी विरुद्ध कुटपिट धरौटी ५००, सुन्दरपुर ४ का महरचन मुखिया कुटपिट धरौटी २ रुपैयाँ, बरहथवा नपा १४ विरेन्द्र प्रसाद विरुद्ध गाली बेइज्जतीमा धरौटी १०० रुपैयाँ अदालतबाट जरिवाना भएका प्रतिबादीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला अदालत सर्लाहीमा बुझाइएको डिएसपी श्रेष्ठले जानकारी दिए ।