बुधबार ०४ असार, २०८२

नेपाली समय

बन्द गरौँ निराशाको खेती...

बन्द गरौँ निराशाको खेती...

राजनीतिक क्षेत्र एकले अर्काको खुट्टा तान्नको निम्ति बेचौँला, प्रशासनिक क्षेत्र आफ्नो भ्रष्टमुखी ढिलासुस्ती छोप्न निराशा खेती सपारौँला, व्यावसायिक क्षेत्र, लगानीको क्षेत्र, साना तथा मझौला उद्योग वा अर्थ उपार्जनको क्षेत्र अमुक लक्षमा पुग्न नसकेको क्रोध शान्त पार्न निराशा उमारिरहेका छौँ ...!

जनयुद्धले के ग¥यो ? जनयुद्धले केही प्रचण्ड र उनका परिवारले बाहेक अरूले के पायो ? जनयुद्धले विदेशी चलखेल चर्काएर राष्ट्रियता कमजोर बनायो, जनयुद्धले देशको चाल चलन, परम्परा र संस्कृति तोडेर समाजलाई छाडा बनायो आदि-आदि आरोपहरू दैनिक सुन्दै आएका शब्दहरू हुन् । आजभोली चोक चौतारो र चिया पसलहरु जहाँसुकै सुनिने सबैभन्दा किफायती शब्द बनेको छ ।

नयाँ नेपाल निर्माणको उद्घोष सहित महान् बलिदानपूर्ण जनयुद्धको जगमा टेकेर विस्तृत शान्ति सम्झौताद्वारा द्वन्दको व्यवस्थापन भएको पनि झण्डै दुई दशकको सँघारमा छौँ । नयाँ नेपालको प्रतीक्षामा बसेका तत्कालीन युवाहरू प्रौढा र तत्कालीन बालबालिकाहरू जवान हुँदै देशको साँच्चैको कर्णधार बन्ने अवसर आएको छ । तर हरेकमा आशाको बदला निराशाको कालो बादल लछप्पै छ । के यो बादल प्राकृतिक हो कि कृत्रिम ? हेर्ने फुर्सद कसैको छैन यद्यपि उक्त निराशाको कुनै न कुनै अंश हामी सबैले बेचिरहेका छौँ । राजनीतिक क्षेत्र एकले अर्काको खुट्टा तान्नको निम्ति बेचौँला, प्रशासनिक क्षेत्र आफ्नो भ्रष्टमुखी ढिलासुस्ती छोप्न निराशा खेती सपारौँला, व्यावसायिक क्षेत्र, लगानीको क्षेत्र, साना तथा मझौला उद्योग वा अर्थ उपार्जनको क्षेत्र अमुक लक्षमा पुग्न नसकेको क्रोध शान्त पार्न निराशा उमारिरहेका छौँ ...! अर्थात् हामी सबै कुनै न कुनै रूपमा निराशा खेती वा त्यसको बजारीकरणमा कुनै न कुनै कोणबाट योगदान गरिरहेका छौँ ।

निराशाको श्रोत के हो ?

श्रम गर्ने, पसिना बगाउनेमाथि घोर अन्याय गर्दै श्रम नगर्ने, पसिना नबगाउने, आदर्श र सिद्धान्तको कुशल व्यापार गर्दै केवल आफ्नो कमाउधन्दामा रमाउने अवसरवादी दक्षिण वा बाम ठगहरूलाई बचाउ गरिरहेको छ ।

अपेक्षाको तुलनामा प्राप्ति नभए स्वाभाविक निराशा आउनु अन्यथा होइन । तर देशको भौतिक पूर्वाधारमा भएको उल्लेखनीय प्रगति, आर्थिक क्षेत्रमा भएको अतुलनीय लगानी, त्यसले दिएको परिणाम र जनजीवनमा त्यसको प्रत्यक्ष वा परोक्ष प्रभाव, सांस्कृतिक राजनीतिक र वैदेशिक कूटनीतिक क्षेत्रमा भएको स्तर उन्नति र रूपान्तरण देख्दा देख्दै आफ्नो स्वार्थ मुताबिक उल्टो व्याख्या गर्दा नवजवानहरुमा भरपुर निराशाको बाढी त आएको छ । परिणामतः श्रम गर्ने, पसिना बगाउनेमाथि घोर अन्याय गर्दै श्रम नगर्ने, पसिना नबगाउने, आदर्श र सिद्धान्तको कुशल व्यापार गर्दै केवल आफ्नो कमाउधन्दामा रमाउने अवसरवादी दक्षिण वा बाम ठगहरूलाई बचाउ गरिरहेको छ ।

परिवर्तनकारी महान् अभियानलाई अपराधीकरण गर्ने, परिवर्तनका महान् नायकहरूलाई हत्यारा, भ्रष्टाचारी, माफिया वा अन्य त्यस्तै प्रकृतिको अफवाह फैलाएर बदनाम गराउने र भ्रष्ट, तस्कर, माफिया, कालाबजारीया र त्यसका रक्षक राजनीतिक संयन्त्रलाई चोख्याउन समाजका प्रबुद्ध भनिने वर्ग कसको के खाएर लागिरहेका छन् गुप्त छैन । तर उनीहरूले समाजमा फैलाएको नकारात्मकता र त्यसको परिणाम जन्मिएको निराशाले वास्तवमा माओवादी र त्यसका नेताहरूलाई जति मात्रामा बदनाम गरेको छ त्यो भन्दा धेरै राष्ट्रनिर्माणमा अवरोधको सिर्जना गरिरहेको छ । अर्थात् एक अर्थमा भन्दा उनीहरूले बेचेको निराशाको थोकबजारले गम्भीर राष्ट्रघात गरिरहेको छ । 

वास्तवमा देशमा व्याप्त निराशाको मूल श्रोत नै देशलाई अग्रगामी दिशा दिने तागत माथि फरेव पोत्दै अफवाह फैलाउने र त्यसको राप र तापमा राजनीतिको रोटी सेक्न तम्सने यथास्थितिवादी, अवसरवादी र प्रतिकृयावादी सोच चिन्तन र वर्गीय आधार हो । जसले देशको अग्रगामी दिशालाई रोक्न कुनै कसर बाँकी नराखी प्रयासमै दिन रात प्रयास गरिरहेको छ ।

देशको अग्रगामी परिवर्तनकारी मार्ग भनेकै पुरातन पछौटे संस्कृतिको विरुद्ध नयाँ ज्ञान विज्ञान र अनुसन्धानको मार्ग खोल्नु हो । भ्रष्ट, तस्कर माफिया र कमिसनखोर विरुद्ध भ्रष्टाचार रहित, सुशासित प्रशासन, नीति नैतिकतामा आधारित राजनीति र विश्व जनमतको सामु शिर झुकेको होइन गर्वका साथ शिर ठडिएको आत्मस्वाभिमान सहितको नेपालीपनको प्रत्याभूति दिने लक्ष लोकतान्त्रिक गणतन्त्रले लिएको छ । यसैलाई रोक्न छेक्न संसारभरका प्रतिक्रियावादीहरुले देशका अवसरवादी र प्रतिगामीहरूलाई प्रयोग गरिरहेका छन् । वास्तवमा निराशाको मूल श्रोत यही नै हो ।

हाम्रो दायित्व र जिम्मेवारी के हो ?

देशको उपादनमाथि हजार प्रावधानको अवरोध सिर्जना गर्दै डुबाउने र अत्यावश्यक सामग्री विदेशबाट झिकाएर त्यसमा पनि कमिसन खाएको टुलुटुलु हे¥यौं । स्कुल कलेजहरुका स्तर जानीजानी खस्काउँदै त्यसको ठाउँमा निजी तथा विदेशी विद्यालय र विश्व विद्यालयहरूका कोटा भर्न लालायित अनेकौँ तथ्य देख्यौँ । अस्पताल र स्वास्थ्य चौकीका महँगा यन्त्रहरू जनाजान बिगार्दै वा बिग्रेको रिपोर्ट बनाउँदै सरकारी रकम मुठ्याउने र निजी अस्पताल सपारेर त्यसबाट कमिसन थुत्ने धन्दा धेरै देख्यौँ ! त्यसैले हामी नेपाली बहादुर मात्र होइन निक्कै बाठा पनि छौँ ।

हामी बेलायतको लागि संसारभर लडेर बहादुरी कमायौँ, भारतको निम्ति कास्मीर र लद्दाखमा लडेर वीर गोर्खाली ठहरियौँ, साउदी कतार, दुबई, मलेशिया जस्ता ठाउँहरूमा निर्माण युद्धमा जितेर नवनिर्माणको आयाम दियौँ, तर आफ्नै देशको निम्ति लड्नेलाई सत्तोसरापको यस्तो चक्र बनाइरहेका छौँ कि हाम्रा सन्तान दरसन्तान वा पछिल्लो पुस्ताले नवनिर्माणको कुरै छोडौँ आफ्नो देशको नामै लिन नरुचाओस् । 

विदेशीले दान दिएको उद्योगहरू जानी जानी घाटामा पु¥याउँदै र सामान होइन कारखाना नै बेच्दै कमिसन खाएका सुन्यौँ, देख्यौँ र भोग्यौँ । देशको उपादनमाथि हजार प्रावधानको अवरोध सिर्जना गर्दै डुबाउने र अत्यावश्यक सामग्री विदेशबाट झिकाएर त्यसमा पनि कमिसन खाएको टुलुटुलु हे¥यौं । स्कुल कलेजहरुका स्तर जानीजानी खस्काउँदै त्यसको ठाउँमा निजी तथा विदेशी विद्यालय र विश्व विद्यालयहरूका कोटा भर्न लालायित अनेकौँ तथ्य देख्यौँ । अस्पताल र स्वास्थ्य चौकीका महँगा यन्त्रहरू जनाजान बिगार्दै वा बिग्रेको रिपोर्ट बनाउँदै सरकारी रकम मुठ्याउने र निजी अस्पताल सपारेर त्यसबाट कमिसन थुत्ने धन्दा धेरै देख्यौँ ! त्यसैले हामी नेपाली बहादुर मात्र होइन निक्कै बाठा पनि छौँ । अनि त्यसको परिणाम त निस्केको निराशा बेच्दै देश सिँगार्न हिँडेका नेताहरू प्रति लक्षित गरेर सत्तोसरापमा उत्रन्छौँ । हामी कति बाठा ?

लेखक, बुद्धिजीवी, पत्रकार, वकिल सबै साँचो तथ्य वा सत्यको खोजीमा होइन विकाउ शब्दहरूको खोजीमा तथ्यद्वारा सत्य को खोजीमा रमाउँदैनन्, बुट्टेदार शब्दहरूले सिँगारिएको कलात्मक तर्कद्वारा असत्यलाई छाँद हालीहाली व्याख्या गर्दै एकाध हजार सियर वा लाईक आउँदा मख्ख पर्छन् ।

आफ्नो साथमा अत्यधिक बहुमत पुग्दा सत्ता चलाउन नसकेका, पार्टी र जनसमूहहरूको आशा, भरोसा र विश्वास हुँदाहुँदै सबैलाई समेट्न नसकेका ! व्यक्तिगत, गुटगत वा पार्टीगत स्वार्थको कुचक्रबाट उम्कन नसकेका ! देशको आवश्यकता र जनताको चाहानाको छेउ टुप्पा नबुझेका !

देशको विविधताको सम्बोधनमा ध्यान नदिने ! तमाम नेपाली नागरिकहरूको भाषा, कला संस्कृति, आदि माथि युगौँदेखि हुँदै आएको विभेद र दमनलाई स्वाभाविक परम्परा वा सनातन देखि चली आएको नित्य कर्म मान्ने काँग्रेस र एमालेलाई दोष दिँदैनौँ । हामी एकोहोरो दोष देश र जनताको भलाइको निम्ति, तमाम जाति भाषा, कला संस्कृति, वर्ग क्षेत्र, लिङ्ग समुदाय वा अल्पसङ्ख्यक लोपोन्मुख सबैको अधिकार रक्षा गरेर नेपाल लाई नेपाल जस्तै बनाउन, विविधताको सम्बोधन उनीहरुको अधिकार उनीहरूकै हातमा सुपुर्दगी गरेरै मात्र हुन्छ ! भन्ने मर्म सहित आफ्नो प्राण हत्केलामा राखेर लडेका माओवादी नेता कार्यकर्तालाई लाउँदै देशको दुर्दशा मेटाउन गम्भीर भूमिका निर्वाह गरेको स्वाङ गछौं हामी कति बाठा ?

के यसो गर्दा सामाजिक न्याय संस्थागत हुने आशा लिन सकिन्छ ? भोलीको सुन्दर, शान्त, विशाल र समृद्ध नेपालको खाकासहितको नक्सा कोर्न सकिन्छ ? नभए यस्तो उल्टो बाटोमा युवाहरूलाई जवर्जस्ती हिँडाउन समाजका प्रबुद्ध भनिने समुदाय कोशिस किन गर्दैछ ? लेखक, बुद्धिजीवी, पत्रकार, वकिल सबै साँचो तथ्य वा सत्यको खोजीमा होइन विकाउ शब्दहरूको खोजीमा तथ्यद्वारा सत्य को खोजीमा रमाउँदैनन्, बुट्टेदार शब्दहरूले सिँगारिएको कलात्मक तर्कद्वारा असत्यलाई छाँद हालीहाली व्याख्या गर्दै एकाध हजार सियर वा लाईक आउँदा मख्ख पर्छन् । 

नकारात्मकताको डङ्गुरबाट सकारात्मकता खोज्नु, निश्चय पनि कठिन काम हो, तर प्रयास गरे असम्भव छैन । राष्ट्रनिर्माण चाहने, अग्रगामी विकाशको निकास चाहने, स्वाधीन, समृद्ध राष्ट्र चाहने सबैले अग्रगामी योजनालाई सार्थक निष्कर्षमा पु¥याउन अग्रगामी नेतृत्व प्रणालीलाई सघाउनुको विकल्प छैन ।

आफ्नो फरेवी पत्याएर दुनियाँ मूर्ख बनेकोमा दङ्ग पर्दै मपाईँत्वको होडमा छन् भाडाका बुद्धिजीवी र लाउके ठेट्नाहरू । अर्थात् उनीहरू देश डुब्नुको वास्तविक कारण र कारक पत्ता लगाएर पहिरो छेक थुन गर्नमा खुसी हुँदैनन् । बरु डुबेको देश र जनता हेर्दै त्यहाँको विविध पक्षको नकारात्मक टिप्पणी गर्नमा मजाक मानिरहने मनोबृत्तीको विकास गरेका छन् । उनीहरूलाई देश बनाउनु होइन, बिग्रे भत्केको देखाएर निराशा बेच्ने र आफ्नो नपुंसकता छोप्न देशलाई नै नपुंसकताको बिम्ब झुण्ड्याउन सक्नुमा आफूलाई बहादुर सम्झन्छन् । देश नबनेको चित्त दुखाउने युवाहरू सत्यलाई दुत्कार्दै असत्य फरेवको अल्पज्ञानमा उफ्रीपाफ्री गर्दै दुष्प्रचार गर्न सक्नुमा महान् सम्झन्छ । त्यसैले यो देशमा बहादुर भिम मल्लहरु टिक्दैनन्, देशभक्त भिमसेन थापा सेरिनुपर्छ र प्रचण्डहरू बौलाउनुपर्छ । 

जनताको मनोवृत्ति पनि सामान्य छैन, बनेको सप्रेको र नवनिर्माणको विषयमा होइन, भत्केको बिग्रेकोमा खिसिट्यूरी गरेर रमाउने, बन्न बाँकी, बन्दै गरेकोलाई पुरा गर्न सघाउनुको बदला साना साना निहुँ झिकेर बिगार्न र भत्काउन सहयोग गर्ने, परम्परा संस्थागत हुँदै गएको छ । त्यसैले यहाँ निर्माणको बहस होइन भत्काउने सल्लाह हुन्छ । सपार्ने बैठक हुँदैन बिगार्न र विध्वंसको निम्ति चालिने चालबाजीको एउटा अजंङ्गको कोठे बैठक र गोप्य सौदाबाजी हुन्छ । 

राजनीतिक शक्ति सन्तुलनको परिणामतः अग्रगामीहरूले उनीहरुको गलत सौदाबाजीलाई स्वीकार्न बाध्य हुन्छ । यस्तो नकारात्मकताको डङ्गुरबाट सकारात्मकता खोज्नु, निश्चय पनि कठिन काम हो, तर प्रयास गरे असम्भव छैन । राष्ट्रनिर्माण चाहने, अग्रगामी विकाशको निकास चाहने, स्वाधीन, समृद्ध राष्ट्र चाहने सबैले अग्रगामी योजनालाई सार्थक निष्कर्षमा पु¥याउन अग्रगामी नेतृत्व प्रणालीलाई सघाउनुको विकल्प छैन ।

छेउ र टुप्पा गाँसेर प्रतिगामी र पुनारुथ्थानवादीहरुद्धारा सिर्जना गरिएको निराशाको बजारमा आफूलाई क्रेता वा बिक्रेताको रूपमा उभ्याएर देश र दुनियाँलाई पछाडि धेकेल्ने कार्य यथाशिघ्र पावन्दी लाउनुपर्छ । नत्र काशि जाने कुतीको बाटो धेरै समय धेरैलाई हिँडाउन सकिन्न ।

निराशा खेती प्राकृतिक कि अप्राकृतिक ?

समग्रमा भन्दा सङ्घीय गणतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता जनतालाई अधिकार सम्पन्न बनाउने सबैजसो विधि र विधानहरू उनीहरुको नजरमा विध्वंस हो । उनीहरुको नजरमा सबैभन्दा मुख्य कुरा “तँ, तिमी, तपाईँ, हजुर”, को शास्त्रीय मान्यतालाई सामाजिक चरित्रबाट तिरस्कृत गरिँदै लगेको सवाल उनीहरुको मन मुटुमा सुल झैँ पसेको छ ।

यदि लोकतन्त्रले सुन्दर शान्त र हराभरा देश, सुखी सम्पन्न र स्वाधीन देश विकराल विसङ्गतिमा फसाएको भए, द्वद र अशान्तिको चपेटाको सिकार बनाएको भए, वा गरिब निर्धन र मगन्ते बनाएको भए लोकतन्त्र र लोकतान्त्रिक नेताहरूमाथि हजार सवाल उठाउन सकिन्थ्यो तर देश हिजोको तुलनामा सयौँ गुणा शान्त छ, हजारौँ गुणा विकसित र सुशासित हुँदैगएको प्रमाणहरूले देखाउँछ । तैपनि एकाध असन्तुष्टिको स्वरहरूलाई सङ्गठित गर्दै निराशाको व्यापार गर्नेहरूले व्यवस्थाकै विरुद्ध जेहाद छेडिरहेका छन् ।

वास्तवमा उनीहरूले आफ्नो भ्रष्ट, अनैतिक र विभेदकारी चरित्रको स्वार्थको खातिर उरालिएको निराशा खेतीले आफ्नो तुष्टी मेटाउने नाममा नवयुवाहरूमा देश, जनता र आफ्नै पुर्खाप्रति घृणा ओकल्न सिकाएर महान् राष्ट्रघात गरिरहेका छन् ।

उनीहरुको नजरमा विविधताको सम्बोधन गर्दै सबैलाई समावेशी समानुपातिक रूपमा विभेदको अन्त्य गर्नु संस्कृति परम्परा र धर्म मास्नु हो । गाउँ गाउँमा विकासको लहर पु¥याएर नागरिकलाई श्रोत साधन सम्पन्न बनाउनु भ्रष्टाचार हो । हिजो हेपिएका, चेपिएका, अधिकार शून्य जनतालाई नागरिक बनाउँदै उनको अधिकार उनैलाई प्रदान गर्नु सामाजिक मर्यादा र अनुशासन भङ्ग गर्नु हो ।

समग्रमा भन्दा सङ्घीय गणतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता जनतालाई अधिकार सम्पन्न बनाउने सबैजसो विधि र विधानहरू उनीहरुको नजरमा विध्वंस हो । उनीहरुको नजरमा सबैभन्दा मुख्य कुरा “तँ, तिमी, तपाईँ, हजुर”, को शास्त्रीय मान्यतालाई सामाजिक चरित्रबाट तिरस्कृत गरिँदै लगेको सवाल उनीहरुको मन मुटुमा सुल झैँ पसेको छ ।

त्यसैले करिब १०–१२ वर्षदेखिको निराशाको व्यापार पूर्णतया निराधार कपोल कल्पनामा आधारित र सत प्रतिशत अप्राकृतिक हो ..! शंकै छैन ।

-श्रीराम खाईजु

(भक्तपुर)

(प्रकाशित लेख: लेखकको निजी विचार हो। )