रौतहट, ७ असार । जिल्लाको चार पालिकाले नगर अधिवेशन सम्पन्न गरेको छ ।आगामी आर्थिकको बजेट नीति तथा कार्यक्रम असार महिनाको १० गते भित्र ल्याई सक्नु पर्ने कानुनी प्रावधान अन्तर्गत स्थानीय पालिकाले बजेट अधिवेशन गर्न लागिएको हो।
असार ५ गते जिल्लाको कटहरिया नगरपालिका आर्थिक वर्ष २०८१/२०८२ को लागि ४६ करोड बजेट विनियोजन गर्दै नगरसभा सम्पन्न गरेका थिए। ६ गते गरुडा नगरपालिकाले ७० करोड बजेट विनियोजन गर्दै बजेट अधिवेशन सम्पन्न गरेका छ।
असार ७ गते गौर नगर पालिकाले आयोजना गरेका नगरसभामा समाचार सङ्कलन गर्ने उद्देश्यले पुगेका स्थानीय संचारकर्मीलाई कार्यक्रममा प्रवेशमा रोक लगाएको थियो।
नगरपालिकाको सभाहलमा आयोजना गरिएको नगर सभामा कार्यपालिका सदस्य, नगर सभा सदस्यको उपस्थिति रहेको थियो। त्यसै गरी चन्द्रपुर नगरपालिकाले १ अर्ब ८ करोड बजेट विनियोजन गर्दै नगर सभा सम्पन्न गरेसँगै जिल्लाको ४ पालिकाको बजेट अधिवेशन सकिएको हो।
स्थानीय पालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको छैन। रौतहटको शिक्षा, स्वास्थ्य, अवस्था कमजोर रहेको देखिए पनि पालिकाले जति पूर्वाधार विकासको क्षेत्रमा बजेट विनियोजन गरेको हुन्छ । त्यसको अपेक्षा सामाजिक विकास, आर्थिक समृद्धि, वातावरण मैत्री विकासमा लगानी गरेको देखिँदैन।
वातावरणमा देखिएका असरलाई रोक्नको लागि बोट बिरुवा रोप्नु पर्ने आवश्यक देखिएपनि पालिकाले सार्वजनिक जग्गा तथा निजी जग्गामा वातावरण स्वच्छ बनाउनको लागि हरियो वातावरण मैत्री बनाउनु पर्ने नीति लिनु पर्ने जरुरी रहेको छ।
पालिकाले ल्याएको नीति कार्यक्रममा बेरोजगारी समस्या समाधानको लागि उद्योग, कलकारखाना, स्थापना गर्ने बजेट प्रस्तुत गर्न सकिएको छैन।