सोमबार ०४ चैत, २०८१

नेपाली समय

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हुण्डी कारोबारी भन्सार कार्यालयबाट फरार

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हुण्डी कारोबारी भन्सार कार्यालयबाट फरार

रौतहट, ६ असार । श्रोत नखुलेको १४ लाख ८० रुपैयाँ सहित पक्राउ गरेका हुण्डी कारोबारीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाउँदा सोही ठाउँबाट ती कारोबारी फरार भएका छन् ।

सशस्त्र प्रहरीको सरमुजवा बेस क्याम्पले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा हुण्डी कारोबारीलाई बुझाएर हिँडेपछि शौच गर्ने बहानामा भन्सार कार्यालयको बाउण्ड्रीवाल हाम फाली फरार भएका हुन् ।

सशस्त्र प्रहरीको सरमुजवा बेस क्याम्पले बिहीबार बिहान १० बजेको समयमा बौधीमाई नगरपालिका वडा नम्बर ७ स्थित भन्सार गेटमा विआर ०५ विवि ६२१२ नम्बरको भारतीय नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सिट मुनी लुकाएर राखेको १४ लाख ८० हजार रुपैयाँ सहित भारत पूर्वी चम्पारण जिल्ला झरौखर ७ जमुनियाका ३१ वर्षीय गजेन्द्र रायलाई नियन्त्रणमा लिएका थिए ।

सशस्त्र प्रहरीको वेस क्याम्पस सरमुजवाको सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काको टोलीले गौर भन्सार कार्यालयमा १४ लाख ८० हजार नगद र मोटरसाइकल सहित हुण्डी कारोबारी गजेन्द्रलाई बुझाउँदा मुद्दा नम्बर ७७१ मा दर्ता भएपछि हामी त्यहाँबाट बाहिरिएका थियौँ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणले जारी गरेको प्रेस नोटमा भारतीय नागरिक सहित बरामद गरिएका १४ लाख ८० हजार नगद र मोटरसाइकल सहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको बताए ।

तर, सशस्त्र प्रहरीले बुझाएको हुण्डी कारोबारी भन्सार कार्यालयबाट फरार भएपछि भन्सार प्रमुखले आफ्नो नियन्त्रणबाट फरार नभएको दाबी गर्दै सशस्त्र प्रहरीको नियन्त्रणबाट फरार भएको बताए ।

गौर भन्सार कार्यालयको प्रमुख अमरेन्द्र सिंहले हामी अर्थ मन्त्रीज्यूको भर्चुअल मिटिंगमा व्यस्त रहेको बेला एक्कसी यहाँबाट मानिस फरार भएको कुरा सुने तर त्यस वेला सम्म हाम्रो नियन्त्रणमा नरहेको दाबी गरे ।हुन्डी कारोबारी फरार भएको समाचार थाहा पाए पछि सो सम्बन्धमा सशस्त्र प्रहरी ११ नं गणका गणपति बिक्रम हुमागाईंसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन ।