बुधबार ०४ असार, २०८२

नेपाली समय

कमाउ धन्धामा ट्राफिकका एसपी र इन्स्पेक्टर, प्रवेश शुल्कको नाममा अवैध असुली गर्दै प्रहरी

कमाउ धन्धामा ट्राफिकका एसपी र इन्स्पेक्टर, प्रवेश शुल्कको नाममा अवैध असुली गर्दै प्रहरी

वीरगंज, ४ असार । मुलुकको प्रवेशद्वार वीरगंजको विभिन्न ठाउँमा तैनाथ ट्राफिक प्रहरीले मालवाहक गाडी चेकजाँचको नाममा ‘अवैध असुली’ गरिरहेको छ । 

ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुख प्रहरी उपरीक्षक भीम किरण बोगटी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी निरीक्षक भाष्टकर खतिवडाको ग्राण्ड डिजाईनमा वीरगंज भन्सारबाट निस्कने मालवाहक गाडीहरूसँग वीरगंजदेखि पथलैयासम्म विभिन्न ट्राफिक बिटमा तैनाथ ट्राफिक प्रहरीले प्रवेश शुल्कको नाममा ‘अवैध असुली’ गरिरहेको छ । 

वीरगंज भन्सार नजिकै ड्राईपोर्ट बिटदेखि परवानीपुर, पथलैयाँसहितका विभिन्न ट्राफिक बिटमा कानुन विपरीत प्रवेश शुल्कको नाममा एक सयदेखि रु. ५ सय रुपैयाँसम्म असुलेर कुनै रसिद नदिने गरेको चालकहरूले गुनासो गरेका छन् । 

लाइसेन्स, रोड पर्मिट, बिल्टी लगायतका कागजात देखाउ भनेर धम्काउँदै कुनै कैफियत नदेखिए पनि प्रहरीले बिनै कुनै रसिद एक सय देखि दुई सय रुपैयाँ लिने गरेको भारतको चण्डीगढबाट औषधि लिएर आएको भारतीय गाडी नम्बर पी.बी ११ सी. एक्स. ८५२६ का चालक चालक प्रितम सिंहले बताए । ड्राईपोर्ट बिटमा मात्रै हैन, परवानीपुरदेखि पथलैसयासम्म बिना कुनै रसिदको एउटा गाडीका भारतीय रुपैयाँ ५ सय भन्दा बढी तिर्नुपरेको अर्को गाडी नम्बर पी.बी ११ सी. एक्स. ३२५६ का चालकले गुनासो गरे । केही सोध्दा प्रहरीले धम्काउँदै केहीले हातपात समेत गर्ने गरेकोले सोही डरले आफूहरू प्रहरीलाई सो रकम दिने गरेको उनीहरु बताउछन् ।  

ओभरलोड मालवाहक गाडीलाई क्षमताभन्दा बढी पाँच टन कम बोकेका गाडीलाई एक हजार ५ सय देखि दुई हजारसम्म ट्राफिक प्रहरीले जरिवाना र ती पाँच टन भन्दा बढीलाई कारबाहीका लागी यातायात कार्यालय पठाउनु पर्ने हुन्छ । तर ट्राफिक प्रहरीले त्यस्तो केही नगरी थप एक हजार रुपैयाँ लिने गरी गाडी छोड्ने गरेको स्रोतको दाबी छ । 

ट्राफिक प्रहरीले ओभरलोड र पुराना मोडलका चल्न नसक्ने मापदण्ड विपरीतको गाडी रहेको भनेर बिना कुनै रसिद थप ५०० रुपैयाँसम्म असुल्ने गरेको चालकहरू बताउँछन् । भन्सारबाट निस्केको मालवाहक गाडीमा कुने कैफियत नदेखिए पनि प्रत्येक गाडीसँग प्रवेश शुल्कको नाममा रु एक सय देखि दुई सय रुपैयाँसम्म असुल्ने गर्छन्। अहिले वीरगंज भन्सारबाट आयात घटेर दिनहुँ कम्तीमा पनि दुई सय भन्दा बढी मालवाहक गाडी आयात हुने गरेको छ । त्यस हिसाबले एउटा प्रहरी बिटबाट दिनहुँ कम्तीमा ३० हजार भन्दा बढी अवैध असुली भइरहेको प्रहरी स्रोतकै दाबी छ । 

यसरी ट्राफिकका एसपी बोगटी र इन्पेक्टर खतिवडाको डिजाईनमा ट्राफिक प्रहरीले ड्राईपोर्ट, परवानीपुर र पथलैया ट्राफिक बिटबाट मात्रै दिनहुँ ९०  हजार भन्दा बढीको अवैध असुली गर्ने गरेको प्रहरी स्रोतले जनाएको छ । जुन भारतीय चालकको आरोप पनि नकार्न सकिदैन । यसरी विभिन्न ट्राफिक बिटबाट प्रहरीले मासिक २५ लाख भन्दा बढी अवैध असुली गरिरहेको स्रोतको दाबी छ । 

प्रत्येक प्रहरी बिटबाट सङ्कलन हुने अवैध रकम त्यहाँका प्रहरी इन्चार्जले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडा र ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुख प्रहरी उपरीक्षक भीम किरण बोगटीलाई बुझाई चेकजाँचको नाममा अवैध असुली गर्दै आएका छन् । 

प्रहरीले पाँच टन भन्दा बढी ओभर लोडका केही गाडीलाई मात्र कारबाहीका लागि यातायात कार्यालयमा पठाउने गरे पनि अधिकांश ओभरलोड गाडीसँग अवैध असुली गरेर नै छोड्ने गरेको बताइन्छ । 

ट्राफिकका एसपी र इन्स्पेकटरकै संरक्षणमा ती विभिन्न ट्राफिक बिटमा चेकजाँचको नाममा अवैध असुली हुँदै आएकोले एसपी बोगटीले आाफूलाई फूर्सद भएको बेला बुझ्ने भन्दै पन्छिँदै आएका छन् । इन्पेक्टर खटिवडाले भने बुझ्ने भन्दै गोलमटोल जवाफ दिँदै आएका छन्