सोमबार ०४ चैत, २०८१

नेपाली समय

स्काई टावरमा सांस्कृतिक कार्यक्रम हुँदै; टावर चढ्नेहरूका लागि ५० प्रतिशत छुट

स्काई टावरमा सांस्कृतिक कार्यक्रम हुँदै; टावर चढ्नेहरूका लागि ५० प्रतिशत छुट

काठमाडौँ, ३ असार । पछिल्लो समय आन्तरिक पर्यटकको हब बनेको काठमाडौँको कमलादीमा रहेको स्काई टावरमा विश्व सङ्गीत दिवस समारोह हुने भएको छ । नेपाल साङ्गीतिक सङ्घ र स्काई टावर नेपालको संयुक्त आयोजनामा अषाढ ७ गते उक्त दिवस हुने भएको हो ।

आयोजकले विश्व सङ्गीत दिवस समारोहको जानकारी पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ । सम्पूर्ण  कलाकारहरू एकजुट भई हर्सोउल्लासका साथ मनाउने भन्दै  कार्यक्रम सार्वजनिक गरेको हो । साथै स्काई वाक नेपालले सो अवसरमा स्काई टावर चढ्ने महानुभावहरूको लागि टावर चढ्न लाग्ने शुल्कमा ५० प्रतिशत छुट गरेको छ । टावरले अन्य समयमा बालबालिका र बृद्धबृद्धाको लागि बाहेक प्रति व्यक्ति रु. एक हजार शुल्क लिने गरेकोमा सो दिन ३ बजेबाट छुट सहित प्रति नेपाली नागरिकहरुका लागि प्रति व्यक्ति रु. पाँच सय मात्र लाग्ने र विदेशी पाहुनाहरुलाई छुट सहित रु. आठ सय लाग्ने आयोजकले जनाएको छ ।

सांस्कृतिक कार्यक्रममा सम्पूर्ण  कलाकारहरू एकजुट भई हर्सोउल्लासका साथ आफ्नो बौद्धिक अधिकार, प्रतिलिपि अधिकारको विषयमा छलफल गर्ने एवं विश्व सङ्गीत दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्ने उत्सवको रूपमा लिइएको आयोजकको भनाई छ । यो उत्सव सन् १९८२ मा फ्रान्सबाट सुरु भएको र नेपाल साङ्गीतिक सङ्घले पनि यसै अवसरलाई लिइएर स्काई वाक टावरमा सङ्गीत दिवस मनाउन लागेको हो ।

सो समारोहमा ओम विक्रम विष्ट, राजेश पायल राई, लाक्पा शेर्पा, सत्यराज आचार्य, स्वरूपराज आचार्य लगायत दर्जनौँ कलाकारहरूको प्रस्तुती हुने आयोजकको भनाई रहेको छ । उक्त समारोह अषाढ ७ गते अपराह्न ३ बजेबाट साँझ ९ बजेसम्म हुने छ । 

यस उत्सव समारोह स्काई टावरको टपमा करिब एक घण्टा हुने र बाँकी सम्पूर्ण सांस्कृतिक कार्यक्रमहरु टावरको परिसरमा हुने छ । यस उत्सवको मूख्य आकर्षण विविध साँस्कृतिक कार्यक्रम लगायत नेपालमा टावरको टपमा भएको पहिलो साँस्कृतिक उत्सव हुने छ ।